'मेरो जीवनयात्रा'को विमोचन, ८४ बर्षमा ल्याए थाम्सुहाङ्ले आफ्नो आत्मपरक कृति - Naya Online

‘मेरो जीवनयात्रा’को विमोचन, ८४ बर्षमा ल्याए थाम्सुहाङ्ले आफ्नो आत्मपरक कृति

पाँचथर । ७ बैशाख २०८१ शुक्रबार ।
देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन भएको  छ । शुक्रबार फिदिमस्थित होटल मानस्वीको सभाहलमा गरिएको हो । याक्थुङ फिल्म्स् र याक्थुङ लेखक संघको आयोजनामा गरिएको समारोहमा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कवि मधुराज केरुङ र मुन्धुम अध्येता तथा लेखक लक्ष्मण लावतिले समिक्षा गरेका थिए । उक्त कृतिलाइ इन्दु फोम्बोले सम्पादन गरेका छन ।
वि.सं. १९९८ मा पान्थर मेमेङमा जन्मिएका थाम्सुहाङ्को जीवनलाई छोराहरु देबेन्द्र, राजेन्द्र, सन्देश, भवेन्द्र र छोरिहरु गंगा र अनुले प्रकाशन गरेका हुन् । तुम्बेवा गाउँपालिकाका प्रमुख बाबुराम खड्काको हस्तबहिलिबाट गरिएको विमोचन कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, सेनमुन्धुम गुरु हर्कप्रसाद केरुङ, फालेलुङ ७ का वडा अध्यक्ष टेकबहादुर केरुङ, लभिङ होम नेपालका अध्यक्ष, जुझ्वान्ड गुरु भवेन्द्र थाम्सुहाङ, थाम्सुहाङ सेवा समाजका केन्द्रीय महासचिव पुर्ण थाम्सुहाङ, हेभेल्नी पाथका केन्द्रीय सदस्य गंगा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कुमार केरुङ, मिङ्सोहाङ केरुङ, ज्योती बेघा, सुयोन आङ्देम्बे र प्रीयंका राइले सांगीतिक प्रस्तुति समेत राखेका थिए । याक्थुङ फिल्म्स् प्रा.लिका प्रवन्ध निर्देशक सागर केरुङ्को अध्यक्षतामा, परिवारको तर्फबाट राजेन्द्रकुमार थाम्सुहाङ्को स्वागत मन्तव्य रहेको कार्यक्रमम याक्थुङ लेखक संघ पान्थरका कार्यवाहक अध्यक्ष सुरेन शिशिर केरुङ्ले सञ्चालन गरेका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको...

लिम्बुवान मञ्च याङ्वरकको अधिवेशन सम्पन्न, अध्यक्षमा पोलस्टार तावा निर्वाचित

पाँचथर । २३ बैशाख २०८१ आइतबार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको...

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा प्रकाशित परदेशी विम्बहरू… लोकार्पित

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान...