आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी - Naya Online

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै आध्यात्मिकताले समाजको शुद्धीकरण गर्ने बताएकी छिन् ।

आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्ने पनि गरेको मन्त्रीले बताएकी छिन् ।

मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताइन् । ‘धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छ’, मन्त्रीको भनाई थियो ।

अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उहाँले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताउनुभयो । आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उनले बताइन् ।

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रीको भनाई थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक...

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम...

नयाँ वर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्षझैँ भगवान...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...