'चे' अर्थात् 'लास' बजारमा आउँदै - Naya Online

‘चे’ अर्थात् ‘लास’ बजारमा आउँदै

काठमाडौ । ३ बैशाख २०८१ सोमबार ।
लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन निर्माण गरेका हुन् । ‘चे’ को अर्थ नेपाली भाषामा ‘लास’ भन्ने हुन्छ । लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथामाथी बनाइएको बताइएको छ । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा (cultural heritage) भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको रुपमा उतारिएको हो । चलचित्रमा  निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन भने युवराज राइको छायांकन, बुद्धराज लिम्बुको संगीत, इन्दु फोम्बोको स्वर, अमृता जबेगुको शृङ्गार र उदय बेघाको कला निर्देशन रहेको छ । सागर केरुङ, बिमला खजुम, यासेली योड्ङ्गाङ्, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योड्या, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लावती, सोदु योङ्हाङ्, बिक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ् केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ् लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

चलचित्र ‘चे’ सिक्किमको विभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै

 १४ जनवरीमा हिगाउँमा प्रदर्शन हुने काठमाडौ । लिम्बू कथानक चलचित्र ‘चे’हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन...

चलचित्र ‘चे’ १६ फेब्रुअरीमा युएइमा प्रदर्शन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने...

नेपाली चलचित्र ‘थत्थामा’को काठमाडौमा प्रदर्शन

काठमाडौँ। २४ मंसिर २०८१ सोमबार । नेपाली कथानक चलचित्र ‘थत्थामा’को विशेष प्रदर्शन भएको छ...