धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न - Naya Online

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम सम्पन्न भएको छ ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा बागमती प्रदेशका प्रदेश सांसद मधुकुमार श्रेष्ठले झण्डातोलन गरेका हुन् । कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र पालिका उपाध्यक्ष यन्त्र बहादुर थापाको बिशेष आथित्यता रहेको थियो ।

तयसैगरी थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे वडा २ का वडा अध्यक्ष टिकाराम तामाङ, थाक्रे वडा ६ का अध्यक्ष हिरा बहादुर थापा, थाक्रे ११ का वडा अध्यक्ष शुदर्शन पाण्डे, स्थानीय नेता, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

ठाडोखोला समाज सुधार समितिको अध्यक्ष अमर तामाङको सभापतित्वको सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पर्यटनको प्रचुर संभावना बोकेको झण्डाचुलीलाई थप विकास गर्न आफूले पहल गर्ने बताए ।

त्यस्तै विशेष अतिथी थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले झण्डाचुली आउने सडकलाई व्यवस्थित गर्ने बताए । थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापाले झण्डाचुलीमा बर्षको एक दिन मात्र कार्यक्रमले मात्र पर्यटक बढाउन नसकिने भएकोले यस्ता कार्यक्रम बर्षको धेरै दिन गर्नुपर्ने कुरामा जोड दिए ।

थाक्रे गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले झण्डाचुलीको विकासमा आफू पालिका, प्रदेश देखि केन्द्रसम्म पहल गरिरहेको बताए। त्यस्तै अन्य अतिथिहरुले पनि झण्डाचुलीको बिकासको लागि पहल गर्ने बताए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहास सम्झँदै प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक...

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम...

नयाँ वर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्षझैँ भगवान...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...