नयाँ वर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा - Naya Online

नयाँ वर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्षझैँ भगवान माङ्चेभुमेको जात्रा लागेको छ ।

शिवपुरी गाउँपालिका वडा नं. १ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरूले शक्तिपिठको रूपमा पुज्ने गर्छन् । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोविन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरूले प्रत्यक्ष दर्शन गरेका थिए ।

शिवपुरी वडा नम्बर १ का वडाध्यक्ष सुकुराम तामाङसहित स्थानीय सरकारका प्रमुखहरू उपस्थीत भएको यस जात्रामा दर्जनौ झाँक्री सुमुहहरू उपस्थीत भएका थिए । पुजापश्चात पालिका अध्यक्ष थपलियाुले मिडियाकर्मीहरूसँग सुरुवाती वर्षदेखी पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिएका थिए । “गाउँपालिकाले नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रूपमा विकास गराउन सके यस क्षेत्रको जनताहरूको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुन्छ ।” अध्यक्ष थपलियाको भनाई थियो ।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिँदै वडाध्यक्ष सुकुराम तामाङले अझै यस ठाउँको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिए । साथै, अबको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थीत बनाउनेमा पहल गर्ने जानकारी पनि दिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...