नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी युट्युवमा सार्वजनिक भएको छ ।
देशको हालको अवस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरूमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गीत भ्रष्टाचारी बजारमा आएको हो ।
अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगीत भरेका छन् । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गीतका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन् ।
भट्टराईले टिभी सिरियलहरू भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीवन, आधा सिन्दुर र ताई न तूई, सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरि सकेका छन् भने उनी शिखा मिडिया प्रा लि अर्थात दर्पण पोष्ट डट कम को अध्यक्ष पनि रहेका छन् ।
भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन । गीतले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गीत संगीत फेरि पनि ल्याउने बताएका छन् ।
गीतलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।