मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक - Naya Online

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ । मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट बिहीबार सार्वजनिक भएको हो ।

मोडल, कोरियोग्राफर र होष्ट प्रियारानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, गे हेण्डसम २०१७ का मनिल सिंह, मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी, सचिव सुरेन्द्र पाण्डेले मिस्टर गे नेपालको टिसर्ट सार्वजनिक गरेका हुन् ।

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरूको बिहीबारदेखि क्लोजक्याम्प सुरु भएको छ । क्याम्पमा देशभरबाट छनोट भएका १८ जना सहभागी छन् । वैशाख ९ गते आइतबारका दिन छाया सेन्टर ठमेलमा फाइनल भिडन्तमा १८ जना नै सहभागी हुने मायाको पहिचान नेपालका सचिव पाण्डेले जानकारी दिए ।

मिस्टर गे नेपालको उपाधि विजेताले बेलायतमा हुने मिस्टर गे वल्र्डमा सहभागी हुन पाउनेछन् । पुरस्कार राशी प्रथमलाई १ लाख, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजारसहित गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा मायाको पहिचान नेपालले गरेको छ ।

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरूलाई सम्मान सहित प्रमाणपत्र पनि प्रदान गरिनेछ । सन् २०१३ मा विश्वराज अधिकारीले पहिलो मिस्टर गे हेन्डसमको उपाधि पहिरिएका थिए भने सन् २०१७ मा भएको दोस्रो गे हेण्डसमको उपाधि मनिल सिंहले हात पारेका थिए ।

त्यसपछि ६ वर्ष वर्षसम्म हुन नसकेको मिस्टर गे नेपाललाई मायाको पहिचान नेपालले २०२४ मा पुर्नजीवित गराएको छ । देशका विभिन्न जिल्लाबाट सहभागी प्रतिष्पर्धाीहरूले ६ वर्षपछि मिस्टर गे नेपाल आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेका छन् ।

मायाको पहिचान नेपालले अब देखि हरेक वर्ष मिस्टर गे नेपाल आयोजना गर्ने घोषणा पनि गरेको छ । मायाको पहिचान नेपाल २०८ साल कार्तिकमा मात्रै स्थापना भएको हो ।

स्थापनाको ६ महिनामै मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक रेन्बो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गर्न लागेको छ । सम्मेलनमा, अमेरिका, बेलायत, जर्मन, भुटान, बङ्गलादेश, भारत, साउथ अफ्रिका लगायत देशबाट सहभागी हुने सुनिश्चित भैसकेको मायाको पहिचान नेपालले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...