शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी - Naya Online

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले आज शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन् । ‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन । हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पिएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भने, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ ।

‘चाइल्ड सेन्ट्रिक मेथोलोजि’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै मन्त्री चौधरीले अहिले पनि हाम्रा आधारभूत विद्यालयहरूमा पढाई हुने ‘कन्टेन्ट’हरू कमजोर रहेको बताइन् । त्यसैगरी विद्यालयहरूको अवस्था पनि खराब रहेको र त्यसमा सुधार गर्नैपर्ने आवश्यकता रहेको बताइन् ।

अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताइन् । संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उनको भनाई थियो ।

अहिले शिक्षा स्थानीय तहलाई जिम्मा दिइएको अवस्था भए पनि त्यसलाई एकीकृत गरेर आगामी शिक्षा कस्तो बनाउने भन्ने हिसाबले शिक्षा ऐन आउनुपर्ने मन्त्री चौधरीको भनाई थियो । हरेक व्यक्तिमा बहु आयामिक क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरक–फरक क्षमता रहने गरेको बताइन् । त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाई थियो ।

डम्बर चेम्जोङ सम्मानित
कार्यक्रमकै बिचमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको विभागीय प्रमुख डाक्टर डम्बर चेम्जोङलाई सम्मान गरिएको थियो ।

सम्मान ग्रहणपछि बोल्दै चेम्जोङले धनकुटाको सामान्य गाउँमा पढेर आएको व्यक्तिले अमेरिकाबाट विद्यावारिधि र नर्वेबाट एमफिल गर्न पाउनु निकै ठुलो कुरा रहेको बताएका थिए । जागिर पछिको जीवन आफ्नै गाउँमा गएर आधारभूत तहको शिक्षामा लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका चेम्जोङले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका थिए ।

स्वर्गीय दाहाल धनकुटामा शिक्षक आन्दोलन तथा सहकारी अभियानका अगुवा थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...