नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै - Naya Online

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ मेचीनगर, झापाको आयोजनामा प्रदर्शन हुने भएको छ ।

लिम्बू जातिमा प्रसव पीडा अथवा सुत्केरी वेथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप नाम दिइन्छ । यसैलाई प्रमुख कथा बनाएर निर्माण गरिएको फिल्म ‘सुगुप’को झापाको मेचिनगरमा विशेष शो हुने भएको हो ।

चुम्लुङ मेचिनगर समितिकै सभाहलमा सुगुप दिउँसो १ बजेदेखी प्रदर्शन गरिने फिल्मका प्रमुख निर्माता रविनकुमार नाल्बो लिम्बुले जानकारी दिएका छन् । फिल्म निर्माण युनिटले लिम्बुवानभरी स्थानीय आयोजकको सहयोगमा सुगुपको विशेष शोलाई एकपछि अर्को गर्दै ठाउँठाउमा विशेष शो गरिरहेको छ । यसपछि दमक र बिर्तामोडमा वैशाख १५ गते प्रदर्शनको तयारी गरेको छ । सुगुपलाई लोकेन साँवा लिम्बूले लेखन तथा निर्देशन गरेका हुन् भने यसको पटकथा देवेन्द्र खापुङले लेखेका हुन् ।

यो फिल्मको यसअघि देशबाहिर हङकङसहित नेपालको काठमाडौ, बिराटनगर, धरान, इटहरी लगायत ठाँउमा पनि भव्य प्रदर्शनी भैसकेको छ । ‘सुगुप’मा लिम्बू संस्कृति तथा रितिरिवाजलाई रचनात्मक ढंगले प्रस्तुत गरिएको छ ।

चोक्फुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्मातासँगै एलपी साँवा, मनिसा नाल्बो, श्रीप्रसाद माबो र रामप्रसाद पंधाक सह–निर्माताको रूपमा रहेका छन् ।

सुगुपमा वरिष्ठ कलाकार प्रेम सुब्बा, यासेली योङहाङ, फुलन्देको बाउ उपनामले परिचीत मौसम ईम्बुङ लिम्बू, बबिता नेयोङहाङ, सुम्निमा खापुङ, डम्बर कुमारी पयाङ्गो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, नीता लिम्बू, पन्ना आङबो, एमके योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, इन्द्रा पंधाक, युवराज इस्बो, थानाहाङ तिगेला लगायतको अभिनय रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...