कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान - Naya Online

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले वैशाख ६ गतेको लागि कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् ।

कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरूको लिखित अनुरोध भएबमोजिम कोशी प्रदेशसभाको अधिवेशन आव्हान प्रदेश प्रमुखले गरेका हुन् । २६ चैत्रमा केदार कार्की नेतृत्वको सरकारालाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकोले अधिवेशन मागसहित निवेदन दिएका थिए ।

सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णयअनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आव्हानका लागि निवेदन दिएका थिए ।

मिति २०८० चैत्र २६ गतेका नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम सम्वत् २०८१ साल वैशाख ६ गते विहिबार दिनको १ः०० बजे कोशी प्रदेशभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयको विज्ञप्तिमा बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...