उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल - Naya Online

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी विषयहरूमा महत्वपूर्ण छलफल गरेको छ । कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्रीसमक्ष आगामी उपनिर्वाचन, २०८१ को तयारी र आचारसंहिताको कार्यान्वयन, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा आयोगको समसामयिक विषयमा प्रस्तुति कार्यपश्चात् माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीले लोकतन्त्रमा निर्वाचनको असाधारण महत्व रहेको र आयोगको प्रयास निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मर्यादित र पारदर्शी बनाउने विषयमा केन्द्रित रहेकाले आयोगले उठाएका विषयहरूमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको तथा प्रस्तुत विषयमा थप छलफल र परामर्श गरी मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए । आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई आयोगले स्वीकृत गरेको आचार संहिता र दिइएको निर्देशन बमोजिम स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालय तथा नेपाल सरकारबाट कुनै कसर बाँकी नरहने गरी सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आयोगको तर्फबाट प्रस्तुतीकरण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरू र राष्ट्रिय महत्वको विषयमा जनमत संग्रहसमेतको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त  आयोगको दायित्वका बारेमा प्रष्ट पार्दै प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पारेका थिए ।

उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका माननीय आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृहमन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...