अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो - Naya Online

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् ।

प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडी मार्फत् मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुग्ने आँट गुमाएका हुन् ।

आन्दोलनरत पहिचानवादीहरुबाट सशक्त प्रतिरोध हुने थाहा पाएपछि संकल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष ओली हेलिकप्टर चार्टर गरेर चिवाभञ्ज्याङ पुगेको पहिचानवादी नेता सागर केरुङले बताए ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा ओलीलाई कडा प्रतिरोध गर्ने तयारी गरेपछि हच्किएका ओलीले हेलिकप्टर मार्फत् चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गरेका छन् ।

केरुङले पाँचथरको याङवरकमा पहिचानवादीले वम राखेको र स्वागत गेंट भत्काइदिएको निराधार हल्ला फैलाएर आन्दोलनलाई बद्नाम बनाउन खोजिएको पनि बताए । आफूहरु शान्तिपूर्ण तर सशक्त आन्दोलनको तयारीमा रहेको केरुङले बताए ।

एमालेको संकल्प यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा अघि बढेको थियो । तर प्रदेश नं.१ प्रवेश गर्नसाथ धनकुटाको लेगुवामा ओलीमाथि आफ्नै कार्यकर्ताले झापड प्रहार गरेका थिए । त्यसपछि क्रमशः तेह्रथुम र पाँचथरमा ओलीले पहिचानवादीहरुको अवरोध झेल्नु परेको थियो ।

अन्ततः मध्यपहाडी लोकमार्ग भएरै संकल्प यात्रा पूरा गर्ने भनेर निस्किएका ओलीले पहिचानवादीकै डरले संकल्प यात्राको अन्तिम दिन आकाशको बाटो रोज्न बाध्य भएको पहिचानवादीहरुले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...