विक्रम याक्खाको 'झुटकाे पुलिन्दा' लघुकथा सङ्ग्रह लोकार्पण - Naya Online

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा लघुकथाकार विक्रम याक्खाकाे ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण भएको छ ।
कार्यक्रम लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ राेदनकाे प्रमुख आतिथ्य र  साहित्यिक पत्रकार  संघका अध्यक्ष राधेश्याम लेकालीको विशिष्ट आतिथ्यता र लघुकथा समाज नेपाल काेशी प्रदेशकी अध्यक्ष ममता मृदुलकाे सभापतित्वमा सम्पन्न भएको थियो ।
कृतिबारे अध्यक्ष मृदुल, प्रमुख अतिथि श्रेष्ठ, विशेष अतिथि लेकाली, समीक्षक दिव्य गिरी, अतिथि ध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार राजेश खनाल, अतिथिहरु मधु पाठक, विक्रमभक्त जाेशी, धवन्तरी मिश्र कात्यायन, श्रीराम राई, मनीषकुमार शर्मा समित र अदिति श्रेष्ठ उपस्थिति रहेको थियोे ।
मलेसियामा बसेर नेपाली भाषा साहित्यका विविध विधामा कलम चलाउँदै आएका विक्रम याक्खाकाे २०६४ सालमा उपन्यास प्रकाशित भइसकेको छ । दाेस्राे कृतिका रूपमा लघुकथा सङ्ग्रह प्रकाशित भएको हाे ।
विभिन्न लघुकथाकारहरुले  वाचनसमेत गरेको उक्त कार्यक्रम लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि काेइरालाले सञ्चालन  गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...