असोज २३, काठमाडौ ।
किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार युएइको बरदुबाइसंथित पंजाब रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । अधिवेशनले कमल लावतिको अध्यक्षतामा २५ सदस्यीय कार्यसमित निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बु, उपाध्यक्ष गोबिन्द लुम्फुवा लिम्बु, द्वितीय उपाध्यक्ष बिक्रम वजिहाङ्ग लिम्बु, महासचिव मनिषा सुब्बा, सचिव बुद लिङ्देन लिम्बु,वकोषाध्यक्ष सृजना लावति, सह कोषाध्यक्ष सन्तोस माङ्देन लिम्बु, प्रवक्ता भिमा इधिङ्गो लिम्बु र
साँस्कृतिक बिभाग प्रमुख सिता देवी इजम लिम्बु रहेका छन भने सदस्यहरुमा श्री ३ यतिम हाङ् मेन्याङ्बो लिम्बु, दिनेस कुमार लिम्बु, मिना लिम्बु, सरु बेघा लिम्बु, राजु तुम्बापो लिम्बु, लक्ष्मी माया लिम्बु, भारती सुब्बा, दिलिप हाङ् आङ्देम्बे लिम्बु, फत्ते बहादुर कुरुम्बाङ् लिम्बु, सन्जा लिम्बु, संजय चोङ्बाङ्, सबिता नाल्बो, जितेन्द्र लिम्बु, जमुना यक्सो, नन्द कुमार यक्सो रहेका छन । नेपाल आदिवासी जनजाति महासंघ युएइका महासचिव डिबि किरातिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएइका अध्यक्ष भीम अधिकारी, चुम्लुङ युएइ सल्लाहकार डम्बर लिबाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।