चलचित्र 'थत्थामा'को छायांकन सुभारम्भ - Naya Online

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि सुरु गरिएको हो । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा छायांकन हुने थत्थामालाई भारतका पध्मश्री सम्मानित स्वर्गीय पदमसिङ PS मुरिङ्लाले लेखेका हुन । ४० बर्ष अगाडि लेखिएको उपन्यास थत्थामालाइ चलचित्र निर्माण गर्न लागिएको बताइएको छ ।  आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई बिनोद सिरेङले निर्देशन गरिरहेका छन । २०४२ सालदेखि नेपाली चलचित्रजगतमा कृयाशिल सेरेङ्ले  उसले जन्माएको मृत्युु (२०४९),  बगर (२०५९), अंगालो यो मायाको (२०६५) निशानी (२०६९) लगायत निर्देशन गरेका छन भने थत्थामा पाँचौ चलचित्र हो । सेरेङ्कै पटकथा/संवाद रहेको थत्थामामा छायांकन सुजन दाहाल, साहयक क्यामरा सम्भव सुवेदी, स्क्रीप्ट सुपरभाइजर तथा मुख्य सहायक निर्देशक दिपेस यक्सो, साहायक निर्देशक सुरेन्द्र सिङ, निर्माता सीता हुक्पा चोङ्बाङ, कार्यकारी निर्माता भुषण दाहाल, शृङ्गार अमृता जबेगु,
शब्द/संगीत राज लिम्बू, स्वर मेलिना राइ, राज लिम्बू, नृत्य निर्देशन रिमा थापा, भेषभुसा अल्का हुक्पा चोङ्बाङ, कला निर्देशन बिबेक बेघा, सहायक छयम चेम्जोङ रहेका छन भने  हाङ चेम्जोङ, बिमला खजुम, सागर केरुङ, फुङ्निमा योङ्हाङ, राम यक्सो, पुर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, सीता हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ, सुरेन्द्र केरुङ लगायतले अभिनय गरिरहेका छन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

‘चे’ अर्थात् ‘लास’ बजारमा आउँदै

काठमाडौ । ३ बैशाख २०८१ सोमबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...

चलचित्र ‘चे’ द्वारा ३५ बिद्यार्थीहरुलाइ लत्ताकपडा वितरण

पाँचथर । २७ चैत, २०८० मंगलबार । श्रीसिद्द प्रा.वि.का ३५ जना बिद्यार्थीहरुलाइ लत्ताकपडा वितरण...

लिम्बू चलचित्र ‘थिम्’लाई बेस्ट कल्चर अवार्ड

  काठमाडौं । २३ चैत, २०८० शुक्रबार । चैत्र १६ देखि चैत्र १८ सम्म...

सेमि फाइनलमा चलचित्र ‘थिम’ छानियो, पाँचौं नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय महोत्सव २०८०

काठमाडौं । २ चैत, २०८० आइतबार । चैत्र १६ देखि चैत्र १८ सम्म पाँचौँ नेपाल...