२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान दिवस २०८० असोज ३ गतेको कार्यक्रममा कुनैपनि जातीय संघसंस्थाहरुलाइ सहभागी नहुन निर्देशन गरेका छन । सोमबार एक बिज्ञप्ति जारी गर्दै सरकारले आयोजना गरिरहेको संविधान दिवससँग सम्बन्धित कुनैपनि कार्यक्रमहरुमा साँस्कृतिक झाँक्री, साँस्कृतिक नाचगानहरु सहभागी नगराउन र सहभागी नहुन आदिवासी जनजाति महासंघसम्बद्ध सबै जातीय संस्थाहरुलाइ सहभागी नहुन निर्देशन गरेका हुन । ‘वर्तमान नेपालको संविधान २०७२ मा आदिवासी जनजाति बिरुद्दका प्रावधानहरु ११ वटा धाराहरु छन्, आदिवासी जनजातिहरुलाई विभेद गरिएका धाराहरु २३ ओटा छन्, आदिवासी जनजातिहरुलाई बहिष्करण गर्ने धाराहरु ४९ ओटा छन् भने एकल जातीय सर्वोचता कायम गर्ने प्रावधानहरु ५ वटा रहेका छन् | संविधानको धारा, उपधाराहरुले नेपाली नेपालीविच पहिलो र दोश्रो नागरिकको प्रत्याभूत गर्दछ | त्यसैले नेपालको संविधान २०७२ आदिवासी जनजातिहरुले स्वीकारेका छैनन् | नेपालको सविधान २०७२ संसोधन गरि सबै समुदायलाई सम्बोधन गर्न जोडदार माग गर्दछौं |
नेपालको विभेदकारी, पस्चागामी संविधान २०७२ असोज ३ को सन्दर्भमा आयोजना हुने कथित ‘संविधान दिवस असोज तिन’ मा आदिवासी जनजाति महासंघसम्बद्ध कुनैपनि जातीय संघसंस्थाहरु सहभागी नहुन र विभिन्न सांस्कृतिक झाक्री, नाचगानहरु समेत सहभागी नगर्न, नगराउन हार्दिक अपिल गर्दछौं |
मिति २०८० असोज ३ गते पान्थरको फेदेन बजारमा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समिति पान्थरले आयोजना गर्ने ‘विभेदकारी संविधानको बिरुद्धमा हुने कार्यक्रम’ लाइ सफल पार्न सम्पूर्ण पान्थरवासी आदिवासी जनजाति समुदायहरुलाई हार्दिक अनुरोध गर्दछौं |’ जिल्ला अध्यक्ष सागर केरुङ र सचिव बिकेन्द्र वाइबा तामाङ्द्वारा हस्तक्षारित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।