काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।
नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरी उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ। त्यस्तै मानवस्रोतका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। टेकप्रसाद राइलाई मानवस्रोत विभागमा ल्याइएको छ। एआईजी मिरा चौधरीलाई प्रशासनमा सरुवा गरिएको छ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका ज्ञवालीले दोस्रो चरणको अनुसन्धान सुरू गरेका थिए। यस प्रकरणका थप पीडितहरूको उजुरी लिएर अनुसन्धान गर्न थालेपछि ज्ञवालीको सरूवा गराउनका राजनितिक वृतबाटै चलखेल सुरू भएको थियो। उनको सरूवा गराउन प्रधानमन्त्री दाहाललाइ दबाब दिइएको बुझिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।