काठमाडौं, १ भदौ । लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ ।
शुक्रबार याक्थुङ फिल्म्स् प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्स बाट सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन/निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड, उत्कृष्ट सोसियल मेडिया फिल्म अवार्ड लगायत पुरस्कारहरू प्राप्त गरिसकेको छ ।
सागर केरुङको लेखन/निर्देशन र निर्माण रहेको रहेको यस चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन् भने सञ्जय आचार्यको छायांकन, प्रनिश लिम्बुको सम्पादन, टाइसन केरुङ र बुद्धराज लिम्बू निर्माता रहेका छन् ।
फिल्मको लिङ्क यहाँ हेर्नुस्
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।