प्रदेशको नाम 'कोसि' खारेजीको बिषय रहेको चलचित्र 'के२' सार्वजनिक - Naya Online

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि याक्थुङ फिल्म्स् युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । ललितपुर नखिपोटस्थित एनएस सेकुवा घर मा आयोजित ‘प्रदेशको नाम कोसि खारेजी आन्दोलन अन्तर्गत चलचित्र के २ सार्वजानिकिकरण कार्यक्रम’ आयोजना गरि सार्वजनिक गरिएको याक्थुङ फिल्म्स् ले जनाएको छ ।  याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेका थिए । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ । सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्र के२मा निर्माता सबु लिम्बू थाम्सुहाङ, छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, शृङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बू रहेका छन भने यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन । चलचित्र ‘के’मा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले  चलाउन नपाएको बिषय रहेको छ भने के२ मा कोसि खारेजीको विषय रहेको छ । कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पुर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।
चलचित्र हेर्नुहोस् –

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

प्रनेश लिम्बुको शब्द,सेमिहाङ लिम्बुको स्वरमा ‘फोक्वामे’ गीत सार्वजनिक

सुखिम – लिम्बू भाषाको गीत ‘फोक्वामे’ को अडियो गीत सार्वजनिक भएको छ । शनिबार...

नेपाली कथानक चलचित्र ‘युक्पुङ’ सम्पादनमा

धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा...