प्रदेशको नाम 'कोसि' खारेजीको बिषय रहेको चलचित्र 'के२' सार्वजनिक - Naya Online

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि याक्थुङ फिल्म्स् युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । ललितपुर नखिपोटस्थित एनएस सेकुवा घर मा आयोजित ‘प्रदेशको नाम कोसि खारेजी आन्दोलन अन्तर्गत चलचित्र के २ सार्वजानिकिकरण कार्यक्रम’ आयोजना गरि सार्वजनिक गरिएको याक्थुङ फिल्म्स् ले जनाएको छ ।  याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेका थिए । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ । सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्र के२मा निर्माता सबु लिम्बू थाम्सुहाङ, छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, शृङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बू रहेका छन भने यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन । चलचित्र ‘के’मा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले  चलाउन नपाएको बिषय रहेको छ भने के२ मा कोसि खारेजीको विषय रहेको छ । कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पुर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।
चलचित्र हेर्नुहोस् –

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

चलचित्र ‘चे’ सिक्किमको विभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै

 १४ जनवरीमा हिगाउँमा प्रदर्शन हुने काठमाडौ । लिम्बू कथानक चलचित्र ‘चे’हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन...