काठमाडौ – लिम्बु चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको हो । याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेका थिए । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ । सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्र के२मा निर्माता सबु लिम्बू थाम्सुहाङ, छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, शृङ्गार अमृता जबेगु रहेका छन भने यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन । चलचित्र ‘के’मा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषय रहेको छ भने के२ मा काठमाडौमा के(च्याब्रुङ)को अवस्था के कस्तो छ भन्ने बिषय रहेको निर्देशक केरुङ्ले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।