पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक - Naya Online

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो मनमा….” नयाँवर्षसँगै एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ ले एक कार्यक्रमको आयोजना गर्दै सो गीतको सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुखअतिथि बराहक्षेत्र –३ का वडाअध्यक्ष राजदीप लामाले सो गीतलाई बजाएर सार्वजनिक गरेका हुन् भने सोही समयमा रामबाबु राई अफिसियल युटयुब च्यानलबाट पनि सो गीतको सार्वजनिक गरिएको थियो ।

 

बराहक्षेत्र नगरपालिकामा रहेर निरन्त कलमको साधना गरिरहेका प्रकाश दिप्साली राईको सो गीतमा सुगम सङ्गीतका धरोहर प्रख्यात गायक स्वरूपराज आचार्यले सुमधुर स्वर भरेका छन् । सो गीतमा गायक तथा सङ्गीतकार रामबाबु राईले सङ्गीत भरेका छन् । यस्तै मिक्सिङ एरेन्ज राजु कार्कीले गरेका छन् । स्टुडियो किङमा रेकर्ड गरिएको सो गीतमा सुरेश राईले रेकर्डिङको भुमिका निर्वाह गरेका छन् । जेस्केलो क्रिएसनले स्टुडियो भिडियो तयार पारेको छ ।

“सपनाहरू देख्दै जानुपर्ने रहेछ मरिएनछ भने पूरा हुँदै जानेरहेछ । आज मैले कुनै दिन देखेको सपना पूरा भएको छ । आफू काममा विश्वास गर्ने भएकाले मलाई सफलता असफलताले आजसम्म फरक पारेको छैन ।” गीत सार्वजनिकपश्चात दिप्सालीले बताए । “म सिर्जनामा विश्वास राख्ने मान्छे हुँ, यो समाज र सिर्जनाले दिएको जिम्मेवारी पूरा गर्न म र मेरो संस्था सदा कटिवद्ध छु । स्वर्णिम साहित्य समाजको अक्षयकोष अभियानमा जोडिएर साथ दिन सबैलाई अनुरोध गर्दछु । हामी बराहक्षेत्रको नामलाई उचाइमा पुराउन चाहन्छौं ।” दिप्सालीको थप भनाई थियो ।सो गीतलाई गायक निरज राईले सुमधुर स्वरमा प्रस्तुत पनि गरेका थिए । उनले दिप्सालीको गीत लेखनले आफू प्रभावित भएको समेत बताए ।

सोही अवसरमा स्थानीय रचना वाचनको कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा दर्जन बढी सर्जकले आफ्नो सिर्जना प्रस्तुत गरे । प्रकृती राई, शारदा निरौला “शारु”, सुर्य तामाङ, रविन्द्र केदेम, सविता फागो, बिमला श्रेष्ठ, वर्षा भण्डारी, दीपा मग्राती, सूर्य बस्नेत, छविलाल चौधरी, लक्ष्मण कटुवाललगायतले आफ्नो रचना प्रस्तुत गरे । यस्तै कार्यक्रमका विशेष अतिथि बेलायतबाट आएका पर्यावरणीय कवि बिजय हितानले मनसुन जस्ता शक्तिशाली कविता सुनाए भने कार्यक्रमका विशेष कवि दिलिप बान्तावाले “नयाँ बर्ष” र “रगत माग्ने देशको नाममा” जस्ता शक्तिशाली कविता प्रस्तुत गरे ।

सो कार्यक्रममा आफ्नो सदस्य मनोज विष्ट चक्रघट्टी जेसिसको कला साहित्य विभाग प्रमुखमा नियुक्त भएकोमा गौरवान्वित महसुस गर्दै बधाई ज्ञापन समेत गरिएको थियो । सभाध्यक्ष र प्रमुख अतिथिले अबिर टिकाले विष्टलाई सम्मान गरेका थिए । स्थानीय रचनाहरू माथी बोल्दै वक्ता प्राध्यापक इन्दिरा महर्षीले स्वर्णिम साहित्य समाजले आजैबाट स्वर्णिम भविष्यको सङ्केत गरेको बताइन् । “आजका यी साना नानीहरूलाई यो समाजले स्थान दिनु भनेको भोलिको यो समाज हाक्ने जनशक्ति जन्माउनु हो । आजको रचनाहरूप्रति मेरो सम्मान छ ।” महर्षीले भनिन् ।

कार्यक्रमका प्रमुखअतिथि वराहक्षेत्र –३ का वडाअध्यक्ष राजदीप लामाले स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३ को त हो नै अझ यो नगरपालिकाको अमुल्य सम्पत्ति रहेको बताए । यो सम्पत्तिलाई अझ धनी बनाउन यो वडा सदा लागिपर्ने बताए । कार्यक्रममा कल्याण विष्ट, पुर्व वडाध्यक्ष रुद्र दाहाल र बिजय हितानले शुभकामना मन्तव्य राखेका थिए । बराहक्षेत्र वडा नं ३ सभाहलमा समाजका सचिव लक्ष्मण कटुवालले सञ्चाल गरेको सो कार्यक्रममा स्वागत मन्तव्य समाजका सहसचिव सविता फागोले राखेकी थिइन् भने सभाध्यक्ष समाजका उपाध्यक्ष शरण लिम्बु रहेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...