हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न - Naya Online

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न भएको छ । हुक्पा चोङबाङहरुको आफ्नै रिसोर्ट, धरान १४ विजयपुरमा महाधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै धरान उपमहानगर पालिकाका उपमेयर अइन्द्रकुमार बेघाले धरानमा हुक्पा चोङबाङ समुदायले ठूलो सहयोग पुर्याएको चर्चा गरेका थिए । “कोभिडको बेला पुर्याएको योगदान होस् अन्य सामाजिक विकासमा हुक्पा चोङबाङहरूले अतुलनीय सहयोग पुर्याएको छ ।” उपमेयर बेघाको थप भनाई थियो । त्यसैगरी धरानले सबै जनतासँग श्रम मागेको कुरा पनि उपमेयरले बताएका थिए ।

“धरानमा अहिले श्रमसंस्कृतिको अभियान चलेको छ, मान्छेले यसलाई खिसीट्युरीको भावले हेर्लान्, ढुंगा बोक्यो र पाइप तान्यो भनेर गिल्ला गरिरहेका छन् । तर त्यसले दिने सन्देश चाही महत्वपूर्ण हो ।” उपमेयर बेघाले धरान नगरपालिकाले चलाइरहेको श्रमअभियानबारे यसरी बोलेका थिए ।

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापका सावायेत्हाङ सदस्य नरप्रसाद लुम्फङ्वाले पोक्लाबाङलाई माङ्गेन्ना यक मान्ने १८ थरमध्ये हुक्पाचोङबाङ पनि रहेको सक्रिय संस्थामध्य हुक्पा चोङबाङ कल्याण संघ रहेको बताएका थिए ।

कार्यक्रमको बिचमा ‘हुक्पा चोङबाङ प्रतिभा र सिर्जनाका फूलहरू’ पुस्तकको विमोचन भएको थियो । ३० जना हुक्पा चोङबाङ सर्जकहरुद्वारा लिखित यस सङ्ग्रहमा कथा, कविता, पाःलाम, गीत, संस्मरण, लिम्बूभाषामा कविता आदि समावेश छन् । पुस्तकमाथि सञ्चारकर्मी देवेन्द्र खापुङ सुर्केलीले समिक्षात्मक मन्तव्य राखेका थिए ।

युवा नेता कृष्ण चोङबाङ, साहित्यकार हरि चोङबाङ सेन्छेन्हाङ, फेदाप गाउँपालिकाका पूर्व पालिका अध्यक्ष हरि चोङबाङ तथा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डा. कमल तिगेलाले कार्यक्रममा आफ्ना मन्तव्य राखेका थिए ।

स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधि तथा सिर्जनात्मक क्रियाकलापमा पुरस्कृत हुक्पा चोङबाङहरुलाई सम्मानित गरिएको कार्यक्रमको सभापति शेरबहादुर हुक्पा चोङबाङले गरेका थिए ।

मोहन हुक्पा चोङबाङको अध्यक्षतामा नयाँ समिति
मोहनकुमार हुक्पा चोङबाङको अध्यक्षतामा सदस्यीय नयाँ समितिको निर्माण भएको छ । जसको उपाध्यक्ष मदनकुमार हुक्पा चोङबाङ, गजिन्द्र हुक्पा चोङबाङ, राजबहादुर हुक्पा चोङबाङ, महासचिव भगतबहादुर हुक्पा चोङबाङ, सचिव देवराज हुक्पा चोङबाङ, अशोक हुक्पा चोङबाङ, सन्तोष हुक्पा चोङबाङ र कोषाध्यक्ष मनबहादुर हुक्पा चोङबाङ रहेका छन् ।

सदस्यहरुमा सुक्रमाया हुक्पा चोङबाङ, दिपक हुक्पा चोङबाङ, गोविन्द हुक्पा चोङबाङ, तेजबहादुर हुक्पा चोङबाङ, बौधमान हुक्पा चोङबाङ, ललितचन्द्र हुक्पा चोङबाङ, सुरेश हुक्पा चोङबाङ र आइतराज हुक्पा चोङबाङ निर्वाचित भएका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...