फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य - Naya Online

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य भएको छ । फालेलुङ वडा नं. ३ को कार्यालयमा भएको बृहत् छलफलद्वारा विवाद किनारा लागेको हो ।

हिलिहाङ गाउँपालिका सुभाङ (बृहत पम्पिङ) खानेपानी तथा सरसफाइ समिति अध्यक्ष तथा प्रदेश सांसद कमलप्रसाद जबेगुको उपस्थितिमा सुभाङ (बृहत् पम्पिङ) खानेपानी उपाध्यक्ष वीरबहादुर यवा, समिति सचिव, पाँचथर जिल्ला खानेपानी डिभिजन प्रतिनिधि, फालेलुङ पालिका प्रमुख वीरविक्रम थाम्सुहाङ, ३ नं. वडा कार्यसमिति, सरोकारवालासंघसंस्थाहरु, छ वटै टोलविकास संस्थाका प्रतिनिधिहरु करिब १२० जनसहभागिताको उपस्थितिमा दुबै पक्षको घनिभुत छलफल पश्चातको निर्णयले सर्वसहमत पारित भएको थियो ।

वडाकार्यसमितिले समग्रमा फालेलुङ–३ को तर्फबाट प्रदेश नं.–१ संसद कमल प्रसाद जबेगुलाई वडा कार्यालयमा स्वागत गर्दै २०७९ को विदाइ तथा नववर्ष २०८० सालको शुभकामना पनि आदानप्रदान भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक...

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम...

नयाँ वर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्षझैँ भगवान...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...