गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन - Naya Online

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान–प्रदानसहित भित्ते पात्रो विमोचन गरेको छ ।

शनिबार समाजको नवनिर्मित समाज भवनको “घुम्टे सभाहल”मा वृहत्त कार्यक्रमका साथ सम्पन्न गरेको हो । कार्यक्रममा ट्राफिक प्रहरी नायव उपरिक्षक शिव पाठकले सवारी दुर्घटना र न्यूनिकरणका उपायसँगै ट्राफिक सचेतना मन्तव्य राखेका थिए ।

साहित्यकार प्रा.डा. भवानीप्रसाद पान्डे प्रमुख अतिथि रहेको कार्यक्रममा गलकोट समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापा, गायक सर्जक वसन्त थापा, सल्लाकार मोहन चन्द राजन, शोभा पान्डे, क्या. टोपबहादुर खत्री अतिथि रहेका थिए ।

कार्यक्रममा नव निर्मित भवनको आयव्यय, नयाँ वर्षको क्यालेन्डको खर्चको व्यवस्स्थापन र प्रायोजन गर्ने ३३ कोटी सप्लार्यसलाई धन्यवाद ज्ञापन गरिएको थियो । गलकोट समाज जापानको संयोजनमा भवन निर्माणका निम्ति संकलित पहिलो किस्ताको रकम गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले ७ लाख १५ हजार २२ रुपैया संस्थागत सहयोग हालै हस्तान्तरण गरेको जानकारी दिइएको थियो ।

स्वागत मन्तव्य समाजका सचिव गणेश खत्री, सञ्चालन समाजका महासचिव तुलचन्द्र खिम थापाको रहेको थियो भने सभा समाजका अध्यक्ष खडक बहादुर थापाले सभापतित्व गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...