उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान - Naya Online

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिताउन पार्टीसँग सम्बद्ध १०+१ संगठनहरुले आव्हान गरेका छन् ।

२०८० साल बैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा मधेस प्रदेशको बारा –२ मा जसपा, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पाँच दलिय गठबन्धन दलहरूको साझा उम्मेद्वार छन् । यादवलाई संयुक्त विज्ञप्तिमार्फत जिताउन आव्हान गरिएको हो ।

संयुक्त विज्ञप्तिमा भनिएको छ –उपेन्द्र यादव, नेपाली राजनीतिमा संघीयताका पिता साथै मधेस आन्दोलनका नायक हुनु हुन्छ । साथै मधेसी, उत्पीडित, उपेक्षित, विभेदमा रहेका दलित÷ शिल्पी तथा पिछडावर्ग सबैका अविभावक हुनुहुन्छ । मधेस प्रदेशको स्थापनापछि अब मधेसको विकास र समृद्धिका गर्नु छ, सिंगो नेपाली राजनीतिलाई सहि संघीयताको लिकमा हिडाउनु छ, पहिचानको आन्दोलनमा सहादत हुनु भएका मधेसी लगायत शहिदहरुको सपना साकार पार्नुछ, बारा जिल्लाको समग्र उन्नति प्रगति र विकास गर्नुछ, यसका लागि संघीय संसदमा उपेन्द्र यादव ज्युको आवश्यकता छ ।”

आव्हान गर्नेहरुमा खगेन्द्र माखिम अध्यक्ष लिम्बुवान राष्ट्रिय समिति, रमेश राई अध्यक्ष किरात राष्ट्रिय समिति, दावा शेर्पा अध्यक्ष शेर्पालुङ राष्ट्रिय समिति, जयराम यादव अध्यक्ष मधेस राष्ट्रिय समिति, दलमर्दन कामी सहईन्चार्जः शिल्पी÷दलित विशेष प्रदेश समिति, ज्ञानु लामा, अध्यक्ष ताम्सालिङ राष्ट्रिय समिति, ओमकृष्ण श्रेष्ठ कार्यवाहक.अध्यक्ष नेवाः राष्ट्रिय समिति, मन बहादुर गुरुङ अध्यक्ष तमुवान राष्ट्रिय समिति, नेत्र थापा मगर अध्यक्ष मगरात राष्ट्रिय समन्वय समिति, प्रेम थापा ईन्चार्ज खसान राष्ट्रिय समिति, आङकाजी शेर्पा इन्चार्ज प्रवास विशेष प्रदेश समिति छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...