धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन् । सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन् । उनले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरूमाया जिमीले ४४ मत पाइन् ।
अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भने उपमहासचिवमा भरत याक्खा चयन भए ।
त्यस्तै सचिवत्रयमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भने कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए ।
सदस्यहरूमा क्रमशः झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णु कुमार थायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए ।
त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूर्णप्रसाद लुम्बा याक्खा, पाँचथरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्ष दुर्गा लिंकाले जानकारी दिए । निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमा याक्खा सदस्य रहेका थिए ।
निर्वाचित समितिका तर्फबाट अध्यक्ष जिमीले प्रतिवद्धता व्यक्त गरेका थिए भने निर्वाचित समितिलाई प्रत्यासी लहरूमाया र निर्वाचन मण्डल सदस्य एवम् संस्थापक छुम्मा अध्यक्ष लिलामणि जिमीले शुभकामना व्यक्त गरेका थिए ।
लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुलासत्र सञ्चालन महासचिव दिपक याक्खाले गरेका थिए भने स्वागत उपाध्यक्ष लहरूमाया जिमीले गरेका थिइन् ।
याक्खा समुदायका प्रतिभाहरूलाई सम्मान
शनिबार सम्पन्न खुलासत्रमा ९ औं राष्टिृय खेलकुदमा स्वर्ण पदक विजेता विद्या जिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्यविजेता निला जिमी, प्याराग्लाइडिङ राष्ट्रिय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समिति संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।