गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम अधिवेसन सम्पन्न भएको छ । फोनिज गण्डकीका इन्चार्ज एमबी आस्था मगर र अध्यक्ष रुद्र श्रीस मगरको सक्रियतामा जिल्ला अधिवशेन सम्पन्न भएको हो ।
अधिवेशनले सुन्दरकुमार थकालीको अध्यक्षतामा १० सदस्य समिति निर्माण भएको छ । जसको उपाध्यक्ष सुशील थकाली, सचिव निरज थकाली, सहसचिव सोजन हिराचन, कोषाध्यक्ष तृष्णा गौचन छन् ।
सदस्यहरूमा रुपिका थकाली, यमुना लामा, समीर थापा, रिक्साङ गुरुङ र कर्साङ गुरुङ रहेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।