पहिचानले के दिन्छ ? - Naya Online

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु

एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान भनेको गुन्दु्रकको झोल जतिको पनि काम नलाग्ने जिनिस हो भनेका छन् । अथवा यसले केहि पनि दिन्दैन भन्नु खोजेको हो र यसको कति पनि महत्व छैन भन्न खोजेको हो । यो वहाँको अति ब्राम्हणवादी सोच हो । अहिले प्रदेश नं १ को नाम कोशी राखेपछि पुर्वमा आन्दोलनको आगो सल्केको छ र एक जना आन्दोलनकर्मी पदम लिम्बु (लाजेहाङ)ले शहादत प्राप्त गरिसक्नु भएको छ । अहिले फेरि नामले के दिन्छ ? भन्ने कुरा चर्चामा आएको छ ।

पहिचान के हो ?
सामान्य अर्थमा पहिचान भन्नाले विषेशता अनुसार चिन्नु वा कुनै बस्तुको गुण विषेशता भन्ने बुझिन्छ । पहिचान अगे्रजी शब्द क्ष्मभलतष्तथ को नेपाली रूपान्तरण हो जसको अर्थ हुन्छ कसैलाई अरुभन्दा फरक छ भनेर चिन्ने गुण वा विषेशता हो । डा. कृष्ण भट्टचन भन्नु हुन्छ (२०२१) “सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरुबीच फरकको कुरा हो ।” वास्तवमा पहिचान व्यक्तित्व वा समुहको विशिष्ट बिषेशताहरूको रूप हो जसले तिनीहरूलाई अरुबाट अलग देखाउन र देखिन सुविधा दिन्छ । जुन आधारमा एउटा व्यक्ति र समुदाय अर्को व्यक्ति र समुदायसँग छुटिन्छ । व्यक्ति र समुदायको स्वबोध र आफ्नोपन जसमा अलग इतिहास, संस्कृति, धर्म, भाषा, भेषभुषा, भूगोल, सामाजिक क्रियाकलाप आदिका माध्यमबाट निर्मित हुन्छ । डा.बाबुराम भट्टराई (२०७१) को विचारमा पहिचान उसको अस्तित्व र त्यसबाट उत्पन्न आत्मविश्वास हो । त्यसपछि अरु आर्थिक, सामाजिक र राजनीतिक कुरा आउँछ । यस आधारमा के भन्न सकिन्छ भने पहिचान सबैभन्दा पहिले आउँछ किन की त्यो अस्तित्वसंग जोडिएको हुन्छ । त्यसपछि मात्र अन्यहरू आउँछ । प्राध्यापक पिटर ब्रुक (२०२०) भन्नु हुन्छ “पहिचानले हामीलाई बताउँछ कि हामी को हौं, र अरूलाई हामी को हौं भनेर घोषणा गर्छन् ।” यसर्थ पहिचानले व्यक्ति तथा समुदायलाई अन्य व्यक्ति वा समुदायसँग फरक देखाउँछ ।

पहिचानको निर्माण एकैदिनमा भएको हुदैन । त्यसमाथी सामुदायिक पहिचानको निर्माणमा इतिहास, भुगोल, संस्कृति र राजनीतिले महत्वपुर्ण प्रभाव पारेको हुन्छ । मानवशास्त्री डा.डम्बर चेम्जोङको अनुसार पहिचानको सवाल र पक्ष व्यैयक्तिक र सामुहिक हुन्छ भन्नु भएको छ ।

मानिस जन्मेपछि क्रमशः सामाजिकीकरणको क्रममा मानिस सामाजिक र सांस्कृतिक बन्ने प्रक्रियामा प्रवेश गर्छ । उसले परिवार र समाजबाट भाषा, नाता–कुटुम्ब, धार्मिक–सांस्कृतिक सस्कार रितीथिती र पूजाआजा आदिको माध्यमले उ क्रमशः सामाजिक बन्दै जान्छ र त्यसैको आधारमा सामाजिक हैसियत र भूमिकाहरू निर्माण गर्दै जान्छ । यसप्रकारले कुनै व्यक्तिको पहिचान निर्माणमा परिवार, भाषा, सामाजिक रहनसहन, सांस्कृति, धार्मिक पूजाआजा र चाडपर्वले मुख्य भूमिकाले निर्धारण गर्ने गर्दछ ।

किन कोशी प्रदेश विरुद्घमा आन्दोलन ?
नेपालका इतिहासकारहरू नेपालको सन्दर्भमा उपनिवेशवाद चर्चा गर्न रुचाउँदैनन् । तर नेपालमा गोर्खाको राज्य विस्तारदेखि नै पहाडे हिन्दु बाहुनक्षेत्रीहरूको उपनिवेश चलिरहेको छ । गोर्खा राज्यले अन्य राज्यहरूमा माथी साम, दाम, डण्ड र भेदका नीतिसहित अति हिंसात्मक आक्रमण गरि अन्य राज्यहरूलाई कब्जा गरे । त्यसपछि ती कब्जा गरिएका राज्यहरूको श्रोत साधन कब्जा गरी ती राज्यहरूमा रहेका जातिहरूको धर्म र संस्कृतिलाई नष्ट गरे । राज्यसत्तामा कुनै खास एक जाति, वर्ग, लिङ्गको मात्रै वर्चस्व रह्यो र अन्य जाति, समुदाय, लिङ्ग, क्षेत्र राज्यबाट अपहेलित भए । यो अवस्थामा अपहेलितहरूले पहिचान खोज्न स्वाभाविक हो । हामीले के बुझ्नु पर्दछ कि पहिचानको आन्दोलन भनेको उपनिवेशवाद विरुद्धको आन्दोलन हो । नेपालमा अहिले हिन्दू ब्राम्हण एकलवादी जातीय उपनिवेशवादको कारणले आदिवासी जनजाति र सिमान्तकृत समुदायहरूको अस्तित्व संकटमा छ ।

पुर्वी नेपालमा कोशी प्रदेशको नामकरण सँगसँगै त्यसको विरुद्ध सशक्त आन्दोलन उठिरहेको छ । त्यसको पछाडी अत्यन्त ठोष कारणहरू छन् । अहिलेको प्रदेश नं १ नेपालमा लिम्बु (याक्थुङ), राई, शेर्पा, कोच आदि जातिको थाकथलो हो र उनीहरू त्यसक्षेत्रका आदिवासीहरू हुन् । त्यसक्षेत्रमा उनीहरूको पुख्यौली भुमि, परम्परा र त्यसले स्थापित मुल्य मान्यताहरू ऐतिहासिक कालदेखि निरन्तर छ । त्यस क्षेत्रमा ऐतिहासिक कालमा उनीहरूको राजनीतिक सत्ता भएको कुरो प्रष्ट इतिहास छ । त्यस क्षेत्रका लिम्बु (याक्थुङ)हरू गोर्खासंग लडेका र वि.स.१८३१ को सन्धिमार्फत वर्तमान भुगोलमा समाहित भएका इतिहासमा पाउँछौं । किपट परम्परा त हिजो अस्तिसम्म हामीले देखेका छौं । लिम्बुवान आन्दोलनसँग नेपाल सरकारले २०६४.११.१८, २०६४.१२.०६ र २०६८.०७.३० (नेपालको शान्ति प्रकृयामा हालसम्म भएका सम्झौता, सहमति, समझदारी, धोषणा र निर्णयहरूको संकलन, २०६९) मा सम्झौता गरेको थियो । त्यसरी नै वि.स.२०७३ साल बैशाख १३ र १४ गते लिम्बुवान राष्ट्रिय सम्मेलनमा त्यस क्षेत्रमा थाकथलो खुलेका तथा नखुलेका सबै समुदायहरूले पहिचानसहितको राज्यसत्ता स्थापनालाई स्वीकार गरेका पाउँछौं (लिम्बु २०७५) । यसर्थ पहिचानसहित नामलाई सबै समुदाय र तत्कालिन राज्यसत्ताले पनि स्वीकार गरेको देखिन्छ । त्यसरी नै लिम्बुवान आन्दोलनको नाममा नै राज कुमार आङदेम्बे र मनिल तामाङले शहादत प्राप्त गरिसक्नु भएको छ भने भर्खरै कोशी प्रदेश विरुद्घ र पुनःनामकरण आन्दोलनमा पदम लिम्बु लाजेहाङले शहदात प्राप्त गर्नुभयो । यस्तो अवस्थामा पनि प्रदेश सभाले कोशी औपनिवेशिक नाम राख्दा त्यसक्षेत्रमा आन्दोलनको ज्वारभाटा उठ्नु स्वभाविक हो ।

पहिचानले के दिन्छ ?
प्रा.लोकराज बराल(२०६९ः२६०) अनुसार “भाषा, संस्कृति, धर्म, जाति भूगोल सबै मिली पहिचान बन्छ । यी सबै पक्षको सन्तुलित समायोजनले नै राष्ट्रियता बलियो हुनसक्छ ।” यसबाट के स्पष्ट हुन्छ भने पहिचान नै राष्ट्रियताको आधार हो । पहिचानले निश्चत समुदायमा तपाईको सदस्यताको आधारमा तपाई को हुनुहुन्छ भन्ने बुझाई जनाउँछ । त्यसकारण पहिचान व्यक्ति र समुदायको असित्वसँग पनि जोडिन्छ । पहिचानले नै मानिसले आफुलाई गर्व महसुस गराउँछ । म पनि यो देश र राज्यसँग जोडिएको छु भन्ने बुझाउँछ । र, यसले राष्ट्रियता मजबुत बनाउँछ । त्यसकारण देशभित्रका सबै जाति (राष्ट्र)हरूको अस्तित्वलाई स्वीकार गर्दा नै हाम्रो राष्ट्रिय राष्ट्रियतालाई मजबुत बनाउँछ ।

भवानी बराल (२०७०) ले “पहिचान भनेको स्थानीय सत्तालाई बलियो बनाउने, उत्पीडित र पाखा परेका वर्गलाई समताका आधारमा माथि ल्याउने अनि सबै भाषा, संस्कृति, क्षेत्र र वर्गको आत्मसम्मान उँचो पार्नु हो” भनी उल्लेख गरेका छन् । आदिवासीहरू नेपालको विकासको मुलप्रवाहबाट अलग पारिएका छन् पहिचानले उनीहरू राज्यको मुलप्रवाहमा समाहित हुन सक्छन् । पहिचान स्थापित गराउँदा त्यस ठाउँका जनताहरूले अपनत्व महसुुस गर्छन् र राज्यका गतिविधिमा उनीहरूको सहभागिता पनि वृद्धि हुने गर्दछ । पहिचान विकासको पहिलो पाइला हुनसक्छ ।

डा. कृष्ण भट्टचन भन्नु हुन्छ (२०२१) “नाम फेरेसँगै त्यो सँग अन्तरसम्बन्धित् ऐतिहासिक, अध्यात्मिक, सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक, भावानात्मक, राजनीतिक, जिविकोपार्जन तथा पहिचान लगायतका कुराहरू एकपछि अर्काे गदै विलय गराउने तथा बाहुनवादीहरूले सदीयौं दलीमली गर्ने नीति, योजना, रणनीति तथा कार्य नीति हो ।” नाम (पहिचान)सँग त्यो व्यक्ति र समुदायको इतिहास, सामाजिक सांस्कृतिक मुल्य, मान्यता, भावानात्मक र राजनीति जोडिएको हुन्छ । यदि पहिचान नामेट गरिदिएको अवस्थामा त्यो व्यक्ति र समुदायको अस्तित्व नै नामेटमा हुन्छ प्रदेश नं १ मा अहिले भएको पनि यहि हो । कोशी प्रदेश नामकरणले त्यस क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरूको अस्तित्व नै सकंटमा पार्ने देखिन्छ ।

केहि विद्वानहरू पहिचानले समृद्धि दिदैन भन्छन् तर समृद्धिको पहिलो आधार नै पहिचान हो । जहाँ राज्यका सबै जाति र समुदायमा समान अधिकार हुन्छ, राज्यका हरेक अङ्गमा समान पहुँच हुन्छ त्यहाँ सुख र शान्ति हुन्छ । त्यहाँ एक अर्कामा सम्मान हुन्छ । यसैको आधारमा मात्र राज्य विकासको गतिमा अधि बढ्न सक्छ । त्यसैले पहिचानले हाम्रो राष्ट्रियता मजबुत हुन्छ भन्ने देश समृद्धिको मार्गमा अघि बढ्छ ।

अन्तमा
नेपालमा २५० वर्षभन्दा बढिदेखि एकल बाम्हणवादी राज्यसत्ता चलिरहेको छ । राज्यका हरेक अङ्गहरूमा एक जाति, एक धर्म र एक संस्कृतिवालाहरूको हैकम छ । यसैको विरुद्ध हो पुनःनामकरण आन्दोलन । वर्तमान सरकारले कोशी प्रदेश नामकरणको पश्चगामी निर्णयलाई सच्याउनुको विकल्प छैन । राज्यले गम्भीर भएर नसोच्दा अलग राज्यको आन्दोलनको दिशामा वर्तमान आन्दोलन नजाला भन्न सकिन्न किन कि लिम्बुवान हिजो अलग राज्य नै थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...