विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा –२ हुँदै गरेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जित्ने बताएका छन् ।
‘अप्ठ्यारा र चुनौती बराबर छन्, त्यस्ता चुनौतीलाई सामना गर्नकै लागि उहाँको उम्मेद्वारी भएको हो” नेपालले भने “उहाँले पहिले गठबन्धनबाट अलग हुनुभए पनि तनमनमा हामीसँगै हुनुहुन्थ्यो र अहिले हामीसँगै हुनुहुन्छ ।”
बारा २, चितवन २ र तनहुँमा हुँदै गरेको उपनिर्वाचनमा गठबन्धनको तर्फबाट बारा –२ मा उपेन्द्र यादव प्रत्यासी रहेका छन् । बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपेन्द्र यादव उपनिर्वाचनमा होमिएका हुन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।