विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोक्ने निर्णय गरेको छ ।
आयोगको चैत २२ गते बसेको बैठकले चितवन र बारामा उनन्तीस लाख रुपैया साथै तनहुँ जिल्लाको लागि एकतीस लाख रुपैया खर्च गर्न पाउने अधिकतम हद तोकेको हो ।
उपनिर्वाचन प्रयोजनको लागि २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी उक्त अधिकतम हद तोकेको हो ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले आग्रह गरेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।