विराटनगर, २० चैत । कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा जिल्ला सहकारी संघ लि. मोरङले आयोजना गरेको ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ को उद्घाटन भएको छ । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ नारासहित भएको कार्यक्रममा मोरङ जिल्ला भरका सहकारीकर्मीहरुको उपस्थित भई झाँकी र जुलुसले नगर परिक्रमा गरेको थियो ।
सुन्दरहरैचा नगरपालिकास्थीत विराटचोकको जेसिस हलमा सम्पन्न सहकारी दिवसको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले भारतको दक्षिणी प्रान्तमा अन्नपातको हाहाकार हुँदा हरित क्रान्ति शुरु भएको र उक्त क्रान्ति सहकारीताको माध्यमबाट भई भारतले सिंगो भारतमा मात्र नभई विश्वबजारलाई नै अनाज उपलब्ध गराउन सफल भएको बताएका थिए ।
कार्यक्रममा वर्ष सहकारी व्यक्तित्व लक्ष्मीप्रसाद मेहता र विन्दा श्रेष्ठ, साथै सहकारी पत्रकारिता पुरस्कार चिना थापालाई प्रदेश प्रमुखज्यूको हस्तबाहुलीबाट प्रदान भएको थियो ।
विभिन्न सांस्कृतिक नृत्यहरुसमेत रहेको कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइँ, जिल्ला सहकारी संघ लि.का अध्यक्ष डिल्ली पोखरेलले मन्तव्य राखेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।