जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता - Naya Online

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार मनोनयन दर्ता गराएका छन् । यस निर्वाचन क्षेत्रमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै रिक्त रहेको बारा २ बाट अध्यक्ष यादव चुनावी मैदानमा उत्रिएका हुन् ।

अध्यक्ष यादवले दिउँसो १ बजे आउँदो उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले जानकारी दिए । यादवको मनोनयनका लागि जसपाले पार्टी नेता कार्यकर्तासहित समर्थकहरूलाई बारामा केन्द्रित गरेको थियो । सो क्रममा सयौं जसपा कार्यकर्ताहरूले नाराजुलुस गरेका थिए । अध्यक्ष यादवको मनोनयनसँगै उनको जित सुनिश्चित रहेको जसपा निकट नेताहरूले दावी गरेका छन् ।

जसपाका एक केन्द्रीय नेताले भने –‘राष्ट्रिय राजनीतिमा उत्पीडित जाति, वर्ग, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व गर्ने र मधेश र मधेशी जनताको अधिकारका लागि अध्यक्षज्यू (उपेन्द्र यादव)को जति योगदान छ, त्यो हाराहारी अरु कुनै पनि नेताले यस प्रदेशबाट योगदान गरेको छैन । त्यसैले उहाँलाई जनताले जिताउने पक्का छ ।’

बारा क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका यादवले सञ्चारकर्मीहरूलाई भनेका छन् –‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ’, उनले भने, ‘चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।’ उनलाई संघीय सरकारमा रहेको सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एस, लोसपा र जनमोर्चाको समर्थन रहेको छ ।

लोसपाबाट उम्मेद्वारी दिने चर्चा रहे पनि सो पार्टीका नेता राजेन्द्र महतोले सत्ता गठबन्धनको निर्णय र आफ्नो पार्टीको निर्णय अनुसार जसपा अध्यक्ष यादवलाई समर्थन गरेको बताइसकेका छन् । यादवलाई संघीय संसद्मा राष्ट्रिय राजनीतिको आवश्यकताकै कारण बारा २ बाट निर्वाचित गराएर लैजाने सत्ता गठबन्धनको तयारीपछि संघीयता, गणतन्त्र र धर्म निपेक्षता विरोधीहरू तिल्मिलाएको आरोप जसपाको छ ।

यादवविरुद्ध अनर्गल प्रचार गर्ने सिके राउत र उनले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्तामा राजनीतिक संस्कारको कमी रहेको जसपाको निष्कर्ष रहेको छ । यसअघि नै यादवले एक टेलिभिजन अन्तरवार्तामा राउत र उनी पक्षधरको विरोधलाई हात्ती र कुकुरसँग तुलना गरेका छन् । राउत पक्षको गलत प्रचारमा विश्वास नगर्न र सत्यमा आधारित रहेर विश्लेषण गर्न उनले आग्रह गरेका छन् ।

यादवसँगै सोमबारको मनोनयनमा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दिने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...