बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र महतोलाई समर्थन गर्ने भएका छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
‘मैले उपेन्द्र यादवजीलाई नै सहयोग गर्ने निर्णय लिएँ,’ महतोले सञ्चारकर्मीसँग भने, ’गठबन्धनको साझा उम्मेदवारको रूपमा उहाँ चुनाव लड्नुहुन्छ ।’
उक्त क्षेत्रबाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रबाट चुनाव लड्ने तयारीमा उपेन्द्र यादव छन् ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै जनमत पार्टीले शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
४ मंसिरमा भएको चुनावमा सोही क्षेत्रबाट रामसहायसँग कुसवाहा पराजित भएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।