संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया - Naya Online

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र प्रेस भएको निष्कर्ष प्रेस मञ्च नेपालले निकालेको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट पत्रकारहरूको संगठन प्रेस मञ्च नेपालले आयोजना गरेको एक अन्तरकृयाका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । शुक्रबार प्रेस मञ्च नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजनागरेको ‘संघीयता, समाजवाद र पत्रकारिता विषयक अन्तरकृया कार्यक्रम’का वक्ताले सञ्चार माध्यम र सञ्चारकर्मी सचेत भएमा मात्रै देश र मधेशले प्राप्तगरेका उपलव्धिहरूको रक्षा गर्न सकिने बताएका थिए ।

संघीयतामाथि प्रहार भैरहेको र यसलाई समाप्त पार्ने खेल देशैभर विभिन्न बहानामा चलिरहेको भए पनि त्यो असम्भव हुने कार्यक्रमका वक्ताहरूको भनाई थियो ।

मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता साह, प्रदेश सभाका सदस्य एवम जसपा संसदीय दलका मुख्य सचेतक रामाशिष यादव, मधेश प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार एवम वरिष्ठ पत्रकार सीताराम अग्रहरीलगायत वक्ताले संघीय समाजवादको कार्यभार पूरा गर्न राज्य, दलहरू र नागरिकस्तरबाट सहयोग र आपसी समन्वय हुनुपर्ने जिकिर गरे ।

जसपा संघीय परिषद सदस्य प्रेमचन्द्र झाले नेपालमा मधेश विद्रोहका माध्यमबाट संघीयता स्थापित गर्ने जसपा र यसको नेतृत्व गर्ने जसपा अध्यक्ष उपेन्द्रयादवमाथि ढोंगी र नक्कली संघीयतावादीहरूले अनर्गल प्रचार गरेको भन्दै प्रेस मञ्च नेपाल र सम्पूर्ण पहिचान र संघीयता पक्षधरहरूले यस्ता ढोंगीहरूको प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले मधेशमा सञ्चार माध्यम र पत्रकारहरूको वृत्ति विकाससँग सम्बन्धित कार्यका लागि प्रभावकारी ऐन निर्माण र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनीहरूले सरकारले सञ्चार क्षेत्रलाई उच्च प्राथमिकता दिएर पर्याप्त बजेट उपलव्ध गराउनेमा आफूहरू आशावादी रहेको धारणा राखेका थिए ।

कार्यक्रममा प्रेस मञ्च नेपालका पूर्व उपाध्यक्ष आतिश मिश्राले प्रेस मञ्च नेपाल र जसपा नेतृत्वको सरकारबीच मजबुद सहकार्य भएमा मधेश प्रदेश र यसको प्रभावकरिताबारे जनतालाई बुझाउन सहज हुने धारणा राखेका थिए ।

प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवानको अध्यक्षतमा सम्पन्न कार्यक्रममा महासचिव अवधेश झाको सञ्चालन, उपमहासचिव देवेन्द्र खापुङले स्वागत गरेका थिए भने उपाध्यक्ष मनोज यादवले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...