“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई - Naya Online

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले प्रदेश नंं. १ को प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन जारी रहेको प्रतिक्रिया दिएका छन्

आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पार्टीका संघीय परिषद् अध्यक्ष तथा मन्त्री राईले यस प्रदेश सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएका हुन् ।

मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा जसपा नेपालकी निर्मला तावा लिम्बू स्वास्थ्य मन्त्री रहेकी छन् । केन्द्रिय सरकारमा जसपा नेपाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धसँग आबद्ध रहेको छ ।

प्रदेश सरकार एमालेको नेतृत्व रहेकोमा संघ र प्रदेश सरकारमा फरक गठबन्धन किन भन्ने प्रश्नमा राईले भने –“प्रदेश सरकार संघीय सरकार मातहतको निकाय होइन । केन्द्र र प्रदेश सरकारको बेग्लाबेग्लै महत्व रहेको छ । केन्द्र र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हो ।”

“संघमा एउटा दलसँग र प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित रहेको छ । दलले पाएको संवैधानिक अधिकारको प्रयोग गरेर कोशी प्रदेशमा सरकार गठन गरेको छ । केन्द्रले प्रदेश सरकारमाथि हस्तक्षेप गर्न मिल्दैन ।” मन्त्री राईको थप भनाई थियो । ९३ सदस्य कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ ।

माओवादी र राप्रपा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट नहटेसम्म सत्तागठबन्धनको यसप्रदेशमा सरकार बन्ने सम्भावना छैन ।

तस्बिरः कुन्ता राईको फेसबुक वालबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...