औला काट्ने आश्वासन दिने मन्त्रीलाइ लखेटे जनताले - Naya Online

औला काट्ने आश्वासन दिने मन्त्रीलाइ लखेटे जनताले

काठमाडौं -१ नम्बर प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन् । पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुशीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाँजाँदै पहिचान पक्षधरहरुले लखेटेका हुन् ।

कोसी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चडेको गाडी तोडफोड गरेको जनाइएको छ । पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउदै गरेको एक भिडियो सार्वजनिक भएको छ । प्रहरीको स्कटिङमा भागेको आङ्बो अहिले आर्मी क्याम्पतिर भगाइएको हुन सक्ने स्रोतले जनाएको छ ।

उनले निर्वाचनमा भोट माग्ने क्रममा प्रदेश नं. को नाम ‘लिम्बुवान किरात’ नभए आफ्नो हातको औला नै काट्ने आश्वासन दिएको भिडियोहरु जताततै सार्वजनिक भएको थियो ।

नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रदेशसभा संसदीय दलको नेतासमेत रहेका आङ्बोले फागुन १७ गते एमाले काँग्रेससँगै ‘कोसी प्रदेश’मा मत दिएपछि आक्रोशित बनेका पहिचान पक्षधरहरुले उनको बिरोध गर्दै आइरहेका छन् ।

पहिचानको आधारमा प्रदेशको नामकरण गनुपर्ने माग राख्दै आएका पहिचानवादीहरुले सोमबार ओखलढुङ्गा पुगेका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि कालो झण्डा प्रदर्शन गर्नुका साथै उनी चढेको गाडी तोडफोड गर्ने प्रयास गरेका थिए । उनको झण्डामा राखिएको राष्ट्रिय झण्डासमेत थुतिएको थियो ।

प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित अहिले विभिन्न संघसंस्था लगायत पहिचानवादीहरु आन्दोलित छन् । तर, मुख्यमन्त्री कार्की भने यसमा अब छलफलसमेत नहुने अभिव्यक्ति दिँदै आइरहेका छन्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...