धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी गराइएको हो । KMD अर्गानिक इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा निर्मित चलचित्रलाई तेह्रथुमको विभिन्न ऐतिहासिक रमणीय स्थलहरुमा छायांकन गरिएको बताइएको छ । पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथाको चलचित्र रहेको ‘यक्पुङ’मा दिनेश मङमुको कथा/निर्देशन, विष्णु मोक्तान र मदन वनेमको पटकथा/संवाद, रविन्द्र बरालको छायांकन रहेको चलचित्रमा चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।
निर्माता नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीले रहेकाछन् भने सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । पोष्टप्रोडक्सनमा रहेको चलचित्र दशैं-तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षको भनाइ छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।