'सुगुत्' चलचित्र आउँदै, सिसेक्पा तङ्नाममा प्रदर्शन गरिने - Naya Online

‘सुगुत्’ चलचित्र आउँदै, सिसेक्पा तङ्नाममा प्रदर्शन गरिने

काठमाडौ – लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङ, भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ फिल्म्स प्रा.लि.को संयुक्त प्रस्तुति रहेको चलचित्रमा सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको निर्माण रहेको छ भने लोकेन सांवाको निर्देशन रहेको छ । नारी प्रधान रहेको सुगुतमा मौसम इम्बुङ, बबिता नेयोङ, प्रेम सुब्बा, यासेलि योङहाङ,सागर केरुङ, रुक मान लिम्बु, सुम्निमा खापुङ, योमन सोदेम्बा, कुमारि मेन्याङ्बो, निता लिम्बु, तिर्थ मादेम्बा, उदय बेघा, मन कुमार योङहाङ, सैलेन्द्र नाल्बो, रबिन नाल्बो, लिला सेत्लिङ, इन्द्र पधाक, दिनेश केरुङ, आशिस लिम्बु, इन्द सेर्पा, लगायतका कलाकारहरुले अभिनय गरे को अभिनय रहेको छ । अशोक लोहोरुङको संगीत, यासेलि योङहाङ, जानु काम्बाङ, रिता फोम्बो ठुलि र सागर केरुङको गीत, राजेस पायल राइ, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बु र रुकमान लिम्बुको स्वर रहेको चलचित्रमा देबेन्द्र खापुङको पटकथा, युवराज राइको छायांकन र किशोर सम्बाहाम्फेको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र सुगुत् आगामी सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) सम्ममा प्रदर्सनमा ल्याइने निर्देशक सांवाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

‘नाकैमा फुलि’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १८ जेठ २०८१ शुक्रबार । ‘नाकैमा फुलि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

‘चे’ अर्थात् ‘लास’ बजारमा आउँदै

काठमाडौ । ३ बैशाख २०८१ सोमबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको...