उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र 'के' मनोनयन - Naya Online

उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र ‘के’ मनोनयन

काठमाडौं – लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन मार्फत  बुधबार सार्वजनिक गरिएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउँदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल सहभागीहरुको नामावली सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र के ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन/निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड लगायत पुरस्कारहरु प्राप्त गरिसकेको छ । सागर केरुङ्को लेखन निर्देशन रहेको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन ।
चलचित्र विकास बोर्डको हलमा हुने उक्त अवार्ड समारोहमा एक सय विस वटा वृत्तचित्र तथा लघु चलचित्रहरु सहभागी छन् । सहभागी मध्ये सर्वोत्कृष्ट एक विधासहित अन्य गरी २२ जनालाई अवार्ड वितरण गरिनेछ ।

सहभागीहरु विभिन्न सोसियल भिडियोहरु, आदिबासी जनजातीका लघु चलचित्रहरु, वृत्त चित्रहरु लगायत छन् । अवार्ड वितरणसँगै कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम निर्देशक सवनम मुखियाले जानकारी दिईन् । अवार्डका लागि निणार्यक सदस्यहरुमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू र सञ्चारकर्मी आरती चटौत छन् भने आदीबासी जनजाती चलचित्रका निर्णायक सदस्यहरुमा पत्रकार तथा चलचित्र निर्देशक विजय रत्न तुलाधर, प्रणय लिम्बू र गितकार भूमिका सुब्बा रहेका छन् ।

उक्त कार्यक्रममा ‘सोसल मिडिया सम्मान’ नेपालकी प्रथम नायिका भुवन चन्द तथा आर्ट डिरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पारसमणी पौडेललाई प्रदान गरिने पहिलो महिला छायांकार समेत रहेकी कार्यक्रम आयोजक मुखियाले जानकारी दिईन् ।

उत्कृष्ट लघु चलचित्र

१. पेन्सिल

२. पुष्पा नेपाली

३. नफुलेको फूल

४. बादलका गीतहरु (Songs of Cloud)

५. गंगा

उत्कृष्ट निर्देशक

१. आशिष भण्डारी (पेन्सिल)

२. अंकित पौडेल (बादलका गीतहरु)

३. विशाल लोहनी (पुष्पा नेपाली)

४. प्रसन्न माली (भावविहीन)

५. दिनेश खड्का (फूलुङ्ग)

उत्कृष्ट पाँच छायाङ्कार

१. अनिश स्याङदेन (नफूलेको फूल)

२. सुरेश नेपाली (स्पर्श)

३. आशिष भण्डारी (पेन्सिल)

४. राजेन्द्र पाल (भावविहीन)

५. अंकीत पौडेल (बादलका गीतहरु)

उत्कृष्ट पाँच सम्पादक

१. दिपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)

२. गौतमराज खड्का (छोरी)

३. केदार भुषाल, किशोर केसी (बेलुन)

४. विशाल लोहनी (सेती दिदी)

५. सन्दिप श्रेष्ठ (बादलका गीतहरु)

उत्कृष्ट पाँच पटकथा

१. आशिष भण्डारी (पेन्सिल)

२. जोन योञ्जन (बेलुन)

३. अंकित पौडेल (बादलका गीतहरु)

४. केशवराज अर्याल (साहारा)

५.सुनिता पौडेल (भावविहीन)

उत्कृष्ट पाँच ध्वनी संयोजक

१. किशोर आचार्य (बादलका गीतहरु)

२. दिपेन्द्र सुनार (पेन्सिल)

३. प्रमोद परियार (पुष्पा नेपाली)

४. सुशान्त श्रेष्ठ (बेलुन)

५.प्रमोद परियार (राजु गाउँले)

उत्कृष्ट पाँच अभिनेता

१.अशोक सिवाकोटी (फूर्लुङ्ग)

२. हिमाल खड्का (पेन्सिल)

३. खुमबहादुर खड्का (सम्झना)

४. वसन्त पोख्रेल (छोरी)

५. विरान दहानी (चिया चौतारी)

उत्कृष्ट पाँच अभिनेत्री

१. सरिता ढुंगाना (डट्डट् सम्बन्ध)

२. श्रेया महर्जन (गंगा)

३. काब्या आचार्य (रत्नपार्क)

४. साया भण्डारी (गहना)

५. सदिक्षा गौतम (स्पर्श)

उत्कृष्ट पाँच आदीवासी जनजाती चलचित्र

१. म को हुँ /Who am I (शिब मुखिया)

२. बन्थी सानी केटी (Banthi the little Girl- विन्दुकुमारी माझी)

३. के (सागर केरुङ)

४. हासा मुदुगु सा (सुनिताराज भण्डारी)

५. इन्द्रायणी (वीर शाक्य)

उत्कृष्ट पाँच वृतचित्र

१. मैले देखेको पशुपति (कल्याण थापा)

२. लदि पुजा (विन्दुकुमारी माझी)

३. यातना गोठ (कृत पन्त)

४. तिलोत्तमा (उद्धव भट्टराई)

५. रातामाटे स्कूल (उमेश राई)

उत्कृष्ट पाँच युट्युव भिडियो

१. कोरोना हेर्ने देवी (अशोक बस्नेत)

२. द थिप (कुमार गजुरेल)

३. पहिलो पटक (अर्विन भट्टराई)

४. रहरै भो (उत्सव केसी)

५. चरीबहादुर शो (नविन दाहाल)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...