काठमाडौं – भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बु केरुङ्ले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिएकी छिन्। यस गीतलाई चर्चित गीतकार डिपी खनालले लेखेका हुन् भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्।
विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्।
दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘डी मिङसो म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
भिडियो लिंक:
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।