दमक, १५ माघ । याक्थुङ युवा मञ्च झापाको दोस्रो जिल्ला अधिवेशनबाट प्रताप निङलेकु निर्वाचित भएका छन् ।
शनिवार झापाको शिवसताक्षी नगरपालिका–८ स्थित युङी क्याफेको हलमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा निर्वाचित गरेका हुन् ।
याक्थुङ युवा मञ्च केन्द्रीय अध्यक्ष प्रज्ञा इजम कङलिबाको प्रमुख आतिथ्यतामा याक्थुङ युवा मञ्च झापाको दोस्रो जिल्ला अधिवेशनबाट समितिको उपाध्यक्षहरुमा क्रमशः विक्रम लेवा, सुष्मा सेर्मा, सचिवमा सुरज सङबाङफे, सहसचिवमा विक्रम लाओती र कोषाध्यक्षमा सालु सेर्मा निर्वाचित भएका छन् ।
यसरी नै सदस्यहरुमा क्रमशः चिजा येक्तेन, सुवास मेन्याङ्वो र दिपेन थेबे रहेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।