काठमाडौ – याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सको निर्माणमा शब्द/संगीत सागर केरुङ, एरेन्ज मोनि ताम्लिङको रहेको छ भने गंगा फियाक र नोगेन लिम्बू हाङ्सरुम्बाले स्वर दिएका छन । याक्थुङ लिम्बू जातिको नयाँ बर्ष/येले तङ्बे ५०८३ र नयाँ बर्ष कुसङ तङ्बे माघ १ गते कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा बनाइको बताइएको छ । लिम्बू भाषाको कुसङ तङ्बे नयाँ बर्ष र कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा निर्माण भएको यो पहिलो गीत हो ।
गीत सुन्नुहोस् :
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।