लिम्बु समुदायले 'मुक्तिको छेलोढुङ्गा' हान्नुपर्छ - Naya Online

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ । सोमबार फुङ्वा युवा समुह फुङएतेप्पाद्वारा आयोजित चासोक तङ्नामको अवसरमा सम्बोधन गर्दै किरात याक्थुङ चुम्लुङ्का राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङ्ले अब लिम्बू समुदायले मुक्तिको प:त्लुङ (छेलोढुङ्गा) हान्नुपर्ने बताएका छन । उक्त प्रतियोगितामा घनश्याम चौलागाईं प्रथम र तारा लिम्बु दोस्रो भएका छन । गत मंसिर ४ को निर्वाचनलाइ लक्षित गर्दै लिम्बु समुदायले सहि ठाउँमा छेलो नहानेको व्यंग्य गरेका छन । उनले भने ‘मुन्धुममा पोरोक्मिले हानेको छेलोढुङ्गा कोङकोङलुङमा पहाडमाथि थुरिंदा धर्ती र आकाशले भरिएको पानीको घैँटो फुट्यो र ठूलो आँधि बतास चल्यो, चट्याङ पर्‍यो, बज्र खस्यो ।  प:त्लुङ लिम्बू जातिको बल, शक्ति, शौर्य, ओज, सिद्वि र सामर्थ्यको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यसपटक मंसिर ४ मा लिम्बु समुदायले गलत ठाउँमा छेलोढुङ्गा हानियो’ । एउटा साँस्कृतिक जागरणकै रुपमा प्रत्येक बर्ष चासोक तङ्नाम आयोजना गरिदै आएको कार्यक्रम सञ्चाक दिपक योङ्हाङ्ले बताए । पक्लुङलाई खस नेपालीमा छेलोढुङ्गा र अंग्रेजीमा सटपुट भन्ने गरिन्छ । यसमा एउटा गह्रौँ ढुङगालाई निश्चित रेखाबाट कुदेर वा यथास्थानबाट फाल्ने गरिन्छ । यस खेलको पनि आफ्नै किसिमको अनुशासन र नियमहरू हुन्छन् ।

यसलाई लिम्बू जातिले अत्यन्तै महत्वपूर्ण साँस्कृतिक खेलको रुपमा लिने गर्छन् । विभिन्न चाडपर्व, हाटमेलामा र तङसिङ तक्मा गर्दा अनिवार्य रुपमा यो खेल खेल्ने गरिन्छ । यस खेलको स्रोत मुन्धुम हो । मुन्धुममा पोरोक्मी याम्भामी माङले पक्लुङ हानेको मार्मिक आख्यान पाइन्छ । अहिले लिम्बू समुदायमा पक्लुङ हान्ने प्रचलन विस्तारै हराउँदै गएको छ । बेला­बेला मात्र याक्थुङजन्य संघ संस्थाहरुले पक्लुङ हान्ने कार्यक्रमको आयोजना गरेको देखिन्छ । मुन्धुममा पक्लुङलाई बल, शक्ति, शौर्य, ओज, सिद्वि र सामर्थ्यको प्रतीकको रुपमा लिइन्छ । तर, यसबारे अचेल कहिँ कतै पनि चर्चा­परिचर्चा नहुनु दुःखद पक्ष बनेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...