फिदिम – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव सागर केरुङले पार्टी विघटन गरेर अघि बड्ने बताएका छन । आइतबार फेदेनस्थित अजि;मा होटलको सभाहलमा सम्पन्न निर्वाचन परिचालन समितिको कार्यक्रममा उक्त कुरा बताएका हुन् । केरुङ गत मंसिर ४ मा प्रदेशसभा ‘क’ पाँचथरबाट निकटतम प्रतिद्वन्द्वी थिए । पार्टी विघटन गरेर विचार मिल्ने पार्टीहरुसंग एकता गर्दै अघि बढ्ने बताए । एक अर्को प्रसंगमा नेपालले लिम्बुवान प्रान्त नस्विकारे १८३१ साउन २२ लगायत विभिन्न कालखण्डमा नेपाल सरकार र लिम्बुवानविच भएको सन्धी सम्झौताहरु खारेज गरि कुनै शक्तिशाली देशको उपनिवेशको रुपमा बस्न तयार हुनुपर्ने बताए । लिम्बुवान स्वायत्त राज्य नभए सार्बभौमसत्ता सम्पन्न लिम्बुवानको लागि सबै लिम्बुवानबासी तयारी हुन आग्रह गरेका छन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।