मोरङ, २४ मंसिर । प्रदेश प्रमुख माननीय परशुराम खापुङले कुनैबेला आफू पनि शिक्षक पेशामा रहेको कुरा सम्झिएका छन् । मोरङको उर्लाबारी–२, मंगलबारेस्थीत सुनपकुवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ६६ औं वार्षिकोत्सवलाई उद्घाटन गर्ने क्रममा प्रदेशप्रमुख खापुङले आफ्नो विगत सम्झिएका हुन् ।
शिक्षालाई विशेष जोड दिए स्वतः विकास हुने कुरा प्रदेश प्रमुखको भनाई थियो । प्रदेश प्रमुखले सबैले एकैखालको शिक्षा पाउनुपर्नेमा जोड पनि दिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौड्याल, राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेल, उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कुमार कँडेलले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्कुललाई उच्च माविसम्म बनाउन सहयोग पु¥याउनेलाई सम्मान तथा विद्यालयको स्मारिका विमोचन पनि प्रदेश प्रमुखबाट भएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित रहेको कार्यक्रम मंसिर २६ गतेसम्म रहनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।