नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय - Naya Online

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८ औँ प्राज्ञसभा रोक्न विभिन्न चलखेल हुन थालेको छ । प्रतिष्ठानका पूर्व पदाधिकारीहरु नै अनेक च्यानल प्रयोग गरेर प्राज्ञसभा रोक्न चलखेल गरेका हुन् । उनले विभिन्न स्रोतलाई प्राज्ञसभा रोक्नका लागि प्रयोग गरिरहेको पाइएको छ । पूर्व पदाधिकारीकै निर्देशनमा नेपाली लेखक संघले बुधवार एक विज्ञप्ति प्रकाशित गरी प्राज्ञसभा रोक्न सरकार गुहारेको छ ।

संघका अध्यक्ष तीर्थ श्रेष्ठ र महासचिव भरतबहादुर भण्डारी (सोझो गाउँले)द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिलाई कांग्रेस निकट साहित्यकारहरूले सामाजिक सञ्चालमा शेयर गर्दै प्रज्ञा–प्रतिष्ठानको निन्दा गरिरहेका छन् । नयनराज पाण्डेलगायतका कांग्रेस निकट साहित्यकारहरूले यस्तो निन्दा गरेका हुन् । पाण्डे प्राज्ञ हुन चाहेका तर अहिलेसम्म सरकारले नपत्याएका अतृप्त आत्मा हुन् । पाण्डेले, ‘विज्ञप्ति सही आयो । कसै न कसैले त प्रतिकार गर्नै पर्छ यस्तो कृत्यको ।’ भन्दै संघको विज्ञप्ति सामाजिक सञ्जालमा शेयर गरेका छन् । अर्का लेखक राजन मुकारुङले पनि सोही विज्ञप्तिलाई संकेत गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्— “प्राज्ञ” भन्नेहरूले आफ्नो प्राज्ञिक काम गर । आजीवन भत्ताको लागि आफैलाई सिफारिस नगर । जेमन्तै गर्ने थलो होइन– प्रज्ञा–प्रतिष्ठान । हाम्रा पनि कर्म, पसिनाले तिरेकै करबाट चल्ने हो– तिम्रा तलब, भत्ता । ठ्यास्नेहरू !’

निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव जगत्प्रसाद उपाध्यायलाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य बनाउने प्राज्ञ परिषद्को निर्णयलाई अनुमोदन गराउन प्राज्ञ सभा आयोजना गर्न लागिएको भन्दै प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कांग्रेस निकट कर्मचारीहरूको उक्साहटमा लागेर घिमिरेलगायतका प्रज्ञा–प्रतिष्ठानका पूर्व पदधाधिकारीहरू यसविरुद्ध लागेका हुन् । यस अभियानमा प्राज्ञ परिषद्का पूर्व उपकुलपति विष्णुविभू घिमिरे, सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. ज्ञानू पाण्डे, डा. अमर गिरी, मातृका पोखरेललगायतका प्रज्ञा–प्रतिष्ठानकी कर्मचारी तथा नेपाली लेखक संघकी उपाध्यक्ष सन्ध्या पहाडी र संघका पूर्व महासचिव डा. रत्नमणि नेपालहरू लागेका छन् ।

पूर्व उपकुलपति घिमिरे अब गठन हुने प्राज्ञ परिषद्मा कुलपतिको नियुक्ति खाने दौडमा रहेका व्यक्ति हुन् भने अन्य व्यक्तिहरू पनि प्राज्ञ परिषद्मा नियुक्तिका लागि नेताहरूको घरदैलो अभियान चलाइरहेका छन् । स्मरण रहोस् प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यले हाल मासिक ५१ हजार रुपैयाँ पाउँछन् । कर्मचारीको तलब बृद्धि हुँदा प्रज्ञाका आजीवन सदस्यको पनि रकम बृद्धि हुन्छ । यसकारण पनि प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य हुन दर्जनौ साहित्यकारहरू लाग्ने गर्दछन् । तर, प्रज्ञा–प्रतिष्ठानले कोटाभन्दा बढी आजीवन सदस्य नबनाएको बताएको छ ।

निमित्त कुलपति डा. जगमान गुरुङले निवर्तमान कुलपति उप्रेती र प्राज्ञ सभा सदस्य आरडी प्रभास चटौतलाई रिक्त रहेका दुई आजीवन सदस्य पदमा नियुक्तिका लागि सिफारिस समितिले आजीवन सदस्यतासम्बन्धी नियमावलीअनुसार प्राज्ञ परिषद्मा सिफारिस गरेकोले सोहीअनुसार प्राज्ञ परिषद्ले निर्णय गरेको र निवर्तमान सदस्य सचिवलाई भने आजीवन सदस्य बनाउने कुरा गलत रहेको बताउनुभयो । उहाँले प्राज्ञ सभा वर्षमा दुई पटक बस्न सकिने प्रज्ञा–प्रतिष्ठान ऐनमा व्यवस्था भएको र यो नियमित प्रक्रिया भएको बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

२०७८ असोज ७ गते, काठमाडौँ । यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ हाँसी हिँड्छन्...