चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू - Naya Online

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर १३ का दिन रेष्टुरेन्ट द गोर्खाजमा भएको अधिवेशनबाट अध्यक्षमा दिलकुमार केरुङ लिम्बु चुनिएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बु, उपाध्यक्ष विकेन्द्र मादेन, महिला उपाध्यक्ष सुनिता चेम्जोङ, महासचिव निमेस मादेन, सचिव नविन लिम्बु, कोषाध्यक्ष सन्तोष इजम, सह.कोषाधक्ष्य बिमल लिङखिम र आशिष माबोहाङ, खेलकुद विभाग प्रमुख रूपा थाम्देन, सांस्कृतिक विभाग प्रमुख टुली आङ्देम्बे र जानुका आङ्देम्बे चयन भएका छन् ।

सदस्यहरूमा सुजन लिम्बु, तेज थोप्रा, ओनेम लिम्वु, सरु लिम्बु, नबिन मे¥याङबो, तारा वनेम, कैलाश आङ्देम्बे, धनकुमार आङ्देम्बे, राजकुमार लावती, भगीसीर चोङबाङ, कुमारी लिम्बु, विनिता लुङ्गफुवा, भिम, कला इजम, सिम्रान लिम्बू, विष्णु लिम्बू, सुनिल काम्बाङ, पेलिहाङ साउदेन, टंक आङ्देम्बे, सन्तोष आङ्देम्बे, टेकेन्द्र योङ्हाङ, लक्ष्मि योङहाङ, योगराज योङहाङ, फणिन्द्र योङ्हाङ, नरेश वनेम, किरण केरुङ, बलबहादुर लिम्बू, इन्द्र लिम्बु, पृथ्वि लिम्बु, नेत्र बहादर लिम्बु, बिरेन्द्र कन्दवा, रविन्द्र आङ्देम्बे, बालध्वज लिम्बु, रोमीयो लावाङ, मिलन लिम्बु, कृष्ण लिम्बु रहेका छन् । सल्लाहकारमा इन्द्र लुङ्गफुवा लिम्बु, मिलन वनेम र संरक्षकमा किष्ण आङ्देम्बे छन् ।

हालसम्म ६५ हजार रिंगेटको सहयोग
किरात याक्थुङ चुम्लुङ मलेसियाका कोषाध्यक्ष सन्तोष इजमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा चुम्लुङले मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका कुमार तामाङ, सुनिल थाम्सुहाङ, सुर्य चौहान, जुन बहादुर आलेको शव नेपाल पठाउन साथै हर्क योङहाङ, रनमान यक्सोको शवलाई सतगत् गर्न आर्थिक र कानुनी सहयोग गरेको उल्लेख थियो । बिरामी परेका भीमा दर्जीलाई प्रारम्भिक उपचार गरी नेपाल पठएको साथै कोरोना संक्रामणकालमा राहत वितरण कार्यमा पनि सक्रिय थियो ।

सहयोग, उद्धार तथा राहत कार्यमा ६५ हजार मलेसिया रिंगेट बराबरको सहयोग गरेको प्रतिवेदनमा जनाइएको छ ।

चुम्लुङको कार्य प्रसंशनीय: बिपिन राई
प्रमुख अतिथि रहेका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईले किराँत याक्थुम चुम्लुङ मलेसियाको समाजिक कार्यको प्रशंसा गर्दै नयाँ समितिले यसको अनुशरण तथा बढवा दिनुपर्ने बताए । साथै आफ्नो जातीय र समुदायको पहिचानको प्रबर्द्धन र सम्बर्द्धन गर्ने कार्यमा पनि उतिकै अबल रहेको बताए ।

नव निर्वाचित अध्यक्ष केरुङले मलेसियामा वैदेशिक रोजगारीमा रहेका लिम्बुहरूको गणना र नामावली तयार गर्ने साथै क्षेत्रिय समितिहरू गठन गरी आफ्नो समुदायको पहिचान र सामाजिक कार्यमा अझै जुझारु ढंगबाट लागि गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा मलेसियाको विभिन्न ठाउबाट भौतिकरूपमा सहभागी भएको थियो भने भर्चुअल जुममार्फत मलेसिया तथा अन्य देशबाट पनि सहभागी भएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...