काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन भई बजारमा आउने तयारीमा छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा साहित्यकार शशी लुबुम्बुद्धारा सम्पादित ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनहरु’ आउने भएको हो ।
लुमुम्बुले करिब ७ वर्षअघिदेखि ओलीका प्राज्ञिक सम्बोधनहरूलाई सङ्कलन गर्दै आएको पुस्तकको सम्पादकीयमा उल्लेख गरेका छन् । ‘प्रायः मान्छेले उहाँलाई एक नेता मात्रै देखेको पाइन्छ तर उहाँभित्र रहेका अजस्र ज्ञान–भण्डारको भने भेउसम्म पनि पाउन सकेको पाइँदैन । मैले जहिलेदेखि उल्लिखित विषयसम्बन्धी उहाँका विचार–सम्बोधनहरूलाई गम्भीरतापूर्वक ध्यान दिएर सुन्न थालेँ, अध्ययन गर्न थालेँ तब मैले उहाँलाई एक कविका रूपमा, एक कलाकारका रूपमा, एक विचारकका रूपमा, एक चिन्तक तथा एक दार्शनिक व्यक्तित्वका रूपमा पाउँन थालेँ । यसरी आफूलाई विशेष महत्वपूर्ण लागेका उहाँका प्राज्ञिक सम्बोधनहरूलाई सङ्कलन गर्दै जान थालेँ । मैले यसरी करिब सात वर्षअघिदेखि सुरु गरेको सोही कार्यको प्रतिफल हो, यस पुस्तक ।’, पुस्तकको सम्पादकीयमा लुमुम्बुले बताएका छन् ।
पुस्तकमार्थि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले भनेका छन्् –‘वर्तमान नेपाली राजनीतिका शीर्षस्थ नेता, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बहुआयामिक दृष्टिकोण भएका नेता हुनुहुन्छ । आफ्ना समकालीन राजनीतिक सहकर्मीभन्दा पृथक् पहिचान बनाउनुभएका पूर्वप्रधानमन्त्री ओलीज्यूका केही निजी विशेषताहरू छन् जसले समसामयिक नेपाली राजनीतिमा पृथक् पहिचान भएका नेताका रूपमा उहाँलाई स्थापित गराएको छ ।’
समाज, देश र राष्ट्रलाई अग्रगतिमा रूपान्तरण गर्ने सुस्पष्ट एवम् दूरदर्शी दृष्टिकोण, गहन अध्ययनबाट निकालिएका निचोडबाट निर्देशित मुलुकको रूपान्तरणको अभियानमा सृजना भएका बताउँदै निवर्तमान कुलपति उप्रेतीले ओलीको चट्टानी अडान र गहन अध्ययनबाट आफूले निकालेको निचोडका कसीमा राष्ट्रका बहुआयामिक विषयलाई हेर्ने बानीले राजनीतिमा उहाँको पृथक् पहिचान बनेको कुरालाई यस पुस्तकबाट बुझ्न सकिने बताएका हुन् ।
त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले राजनेतालाई आफ्नो देशको र विश्वको भाषा, साहित्य, दर्शन, धर्म एवं संस्कृतिको परिज्ञान हुन अत्यावश्यक हुनुपर्ने बताएका छन् । ‘सबै नेता यस्तो ज्ञान र गुणले सम्पन्न हुँदैनन् । अतः त्यस्ता अपरिपक्क नेताहरूले राम्ररी जनशक्ति परिचालन गर्न सक्तैनन् र उनीहरू असफल हुन्छन् । केपी शर्मा ओलीज्यू कवि मन भएका राजनेता हुनुहुन्छ ।’ गुरुङले पुस्तकमा आफ्ना कुरा राख्दै उल्लेख गरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।