सामुदायिक गठबन्धनले चुनाव जित्छ - केरुङ - Naya Online

सामुदायिक गठबन्धनले चुनाव जित्छ – केरुङ

फिदिम – प्रदेशसभा ‘क’ पाँचथरका उम्मेदवार सागर केरुङ्ले आफ्नो गठबन्धनले निर्वाचन जित्ने दावी गरेका छन । आइतबार फालेलुङ १ स्थित खुँवामा सम्पन्न भेलामा उक्त कुरा बताएका हुन् । लिम्बुहरुको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङ र सम्पुर्ण लिम्बुथरिहरुको थरगत सयङ्ले प्रदेश नं. १ को नाम लिम्बुवान किरात, लिम्बू भाषालाइ सरकारी कामकाजीको भाषा, लिम्बुहरुको समाधीस्थल र माङ्गेन्ना यक संरक्षण गर्न एजेन्डा बोकेका उम्मेदवारहरुलाई जिताउने निर्णय गरेपस्चात उक्त कुरा चर्चामा आएको हो । चुनावी सभालाइ सम्बोधन गर्दै केरुङ्ले भने ‘हाम्रो सामुदायिक गठबन्धनले चुनाव जित्छ’ । सामुदायिक गठबन्धनलाई  प्रस्टाउदै भने ‘हाम्रो गठबन्धन यहाँको माटोसँग छ, मातृभाषा सँग छ, माङ्गेन्ना यकहरुसँग छ, त्यसैले हाम्रो सामुदायिक गठबन्धनले जित्छ, यसपटकको चुनाव समुदायले जित्छ, दाप सहितको खुकुरीले जित्छ’ । सत्ता गठबन्धन नेपाली काङ्ग्रेस (८८), नेकपा माओवादी केन्द्र (४८), नेपाल कम्युनिस्ट पार्टी समाजवादी (२०), लोसपा (७), जनमोर्चा (२) र विपक्षी गठबन्धनमा नेकपा एमाले (१४३), जसपा (१७), राप्रपा (३), राप्रपा नेपाल (१) काङ्ग्रेस बिपि (१) बाँडफाँड गरि निर्वाचनमा होमिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चले भने किरात याक्थुङ चुम्लुङ, थरगत सयङ, लिम्बू बिद्यार्थी मञ्च लगायतको सहकार्य गरि चुनावी माहोलमा होमिएका छन । पाँचथरका स्वतन्त्र नागरिक, कलाकार, साहित्यकारहरुको टोलिले सागर केरुङ जिताऔँ अभियान स्वतन्त्र नागरिक समूह गठन गरि सागर केरुङ्लाइ जिताउन लागिपरेका छन ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...