‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ –रिमाल - Naya Online

‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ –रिमाल

काठमाडौं, ७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमालले आफ्ना पिताको स्मरण गर्दै गाईलाई काउली खान दिएको बताएकी छिन् ।

कात्तिक ४ गते लक्ष्मीप्रसाद देवकोटा सङ्ग्राहलायमा आयोजित देवकोटाको व्यक्तित्व चर्चा र रचना वाचन कार्यक्रममा रिमालले सो कुरा बताएकी हुन् ।

‘निम्तोमा जान हतार हुन्थ्यो तर बुबा लेखेको लेख्यै । आमाले कलम खोसिदिन भन्नुहुन्थ्यो । तर कलम यस्तरी अठ्याउने कि, हामीले खोस्नै सक्दैनथ्यौं । अनि हामी बुबामाथि चढेर हट घोडा हट भन्थ्यौं । कलम खोस्न नसकेपछि कापी थुत्नु भन्ने आमाले अह्राउनुहुन्थ्यो । हामी थुत्थ्यौं । त्यसबेला बुबाले हे लाटी यो के गरेको भन्नु हुन्थ्यो ।” रिमालले बाल्यकाल सम्झदै बुबा लक्ष्मीप्रसाद देवकोटाको बारेमा बताएकी थिइन् ।

“बोलेपछि बोलेको बोल्यै, लेखेपछि लेखेको लेख्यै गर्ने बुबाको बानी थियो ।” रिमालले थप बताइन् । त्यसैगरी एकपटक गाई पालेको, तर गाइको लागि एकभारी काउली बोकेर ल्याएको सम्झना पनि सुनाएकी थिइन् । गाई हेर्ने, खाना बनाउने, भाँडा माझ्ने अर्को एकजना लगायत धेरै मान्छे राखेको त्यसमाथि गाइलाई काउली ल्याएर खुवाएपछि पालन फस्टाउनको साटो पुरै घाटामा गएको बताएकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र ‘के’ मनोनयन

काठमाडौं – लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

पार्टी विघटन गरेर विचार मिल्ने संगठनहरुसंग एकता गर्दै अघि बड्नुपर्छ – केरुङ

फिदिम – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव सागर केरुङले पार्टी विघटन गरेर अघि...

सांस्कृतिक अतिक्रमण र झुठको खेती

दिलेन्द्र कुरुम्बाङ पूर्व सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि साँस्कृतिक अतिक्रमणको...

मतदान गर्न जाँदा मोवाइल तथा क्यामेरा लान नपाइने

काठमाडौं, २९ कात्तिक । निर्वाचन –२०७९ का लागि निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल...

हरेक कुरालाई क्रान्तिको नजरले हेर्ने सागर केरुङ

फिदिम बजारको कवि कुना । यो एउटा सामान्य चियापसल हो । तर, यस स्थल...

पहिचानवादी दलहरु जिताउन चुम्लुङ्का शिर्ष नेतृत्वहरु पाँचथरमा

फिदिम – प्रदेशसभा ‘क’ पाँचथरका उम्मेदवार सागर केरुङ्लाई जिताउन लिम्बू जातिको सर्वोच्च संस्था किरात...

जनताका कुरा प्रतिनिधिसभाको टेबलमा राख्ने हिम्मत लिएका किर्तिमान

निर्वाचन –२०७९ का लागि दलहरूले मुलुकभर चुनावमा होमिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी...

चलचित्र ‘लोजिमा’को धमाधम छायांकन हुँदै

काठमाडौ – लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को धमाधम छायांकन भइरहेको छ । गत कात्तिक...